back
CTIZAN AD

टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरीहरुको माग

वि.सं.२०७३ असोज २१ शुक्रवार

1K 

shares

२१ असोज, बैतडी । छुट्टै थरुहट स्वायत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गत वर्ष भदौ ७ गते कैलालीको टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरी सङ्गठनले सरकारसँग आग्रह गरेको छ ।

एकसट्ठीऔँ प्रहरी दिवसका अवसरमा जिल्ला सदरमुकाम पुगेका भूपू प्रहरी सङ्गठनका पदाधिकारीले नरसंहारका आरोपितलाई उन्मुक्ति दिए आफूहरूलाई सह्य नहुने बताउनुभयो । “कर्तव्य पालनाका सिलसिलामा निर्मम हत्या गरिएका आठ जना प्रहरी र एक बालकका हत्यारालाई उन्मुक्ति नदिन सरकारसँग आग्रह गर्दछौँ”–सङ्गठनका जिल्ला अध्यक्ष रणबहादुर विष्टले भन्नुभयो ।

दोषीलाई सरकारले उन्मुक्ति दिए कर्तव्यपालनाका सिलसिलामा निर्मम हत्या गरिएका प्रहरीका परिवार न्यायबाट वञ्चित हुने भएकाले दोषीलाई उन्मुक्ति दिने कार्य कुनै हालतमा स्वीकार्य नहुने उहाँको भनाइ छ ।

टीकापुर हत्याकाण्डमा बैतडी, रौलेश्वर गाविस–९ का ४९ वर्षीय प्रहरी निरीक्षक बलराम विष्ट र हटैराज गाविस–१ का प्रहरी हवल्दार (मृत्युपर्यन्त बढुवा) लोकेन्द्रबहादुर चन्द मारिएका थिए । कार्यक्रममा बैतडीका सबै राजनीतिक दलले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन नहुनेमा जोड दिएका थिए ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०२:४५ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...