Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरीहरुको माग



२१ असोज, बैतडी । छुट्टै थरुहट स्वायत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गत वर्ष भदौ ७ गते कैलालीको टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन भूपू प्रहरी सङ्गठनले सरकारसँग आग्रह गरेको छ ।

एकसट्ठीऔँ प्रहरी दिवसका अवसरमा जिल्ला सदरमुकाम पुगेका भूपू प्रहरी सङ्गठनका पदाधिकारीले नरसंहारका आरोपितलाई उन्मुक्ति दिए आफूहरूलाई सह्य नहुने बताउनुभयो । “कर्तव्य पालनाका सिलसिलामा निर्मम हत्या गरिएका आठ जना प्रहरी र एक बालकका हत्यारालाई उन्मुक्ति नदिन सरकारसँग आग्रह गर्दछौँ”–सङ्गठनका जिल्ला अध्यक्ष रणबहादुर विष्टले भन्नुभयो ।

दोषीलाई सरकारले उन्मुक्ति दिए कर्तव्यपालनाका सिलसिलामा निर्मम हत्या गरिएका प्रहरीका परिवार न्यायबाट वञ्चित हुने भएकाले दोषीलाई उन्मुक्ति दिने कार्य कुनै हालतमा स्वीकार्य नहुने उहाँको भनाइ छ ।

टीकापुर हत्याकाण्डमा बैतडी, रौलेश्वर गाविस–९ का ४९ वर्षीय प्रहरी निरीक्षक बलराम विष्ट र हटैराज गाविस–१ का प्रहरी हवल्दार (मृत्युपर्यन्त बढुवा) लोकेन्द्रबहादुर चन्द मारिएका थिए । कार्यक्रममा बैतडीका सबै राजनीतिक दलले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन नहुनेमा जोड दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।