Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

सवारी दुर्घटनामा १ को मृत्यु, १५ घाइते



२१ असोज, मलेखु (धादिङ) । तसर्पु गाविसमा विहिबार बेलुका ८ बजेतिर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

तसर्पु गाविसका पूर्वअध्यक्ष गणेश वाइबाका अनुसार महादेवबेँसीबाट रातमाटे हुँदै तसर्पु गाविसको कामराङ भन्ने स्थानमा पुगेपछि यात्रुवाहक बलेरो गाडी दुर्घटना भएको हो । दुर्घटनामा स्थानीयवासी निशा थापाको मृत्यु भएको छ । सात गम्भीर घाइतेको उद्धार भइरहेको र एम्बुलेन्स पुग्ने ठाउँसम्म घाइते बोकेर लगिँदै गरेको वाइबाले बताउनुभयो ।

सिट क्षमताभन्दा धेरै यात्रु बोकेर हिँडेको सो गाडी ग्रामीण सडक बिग्रेको ठाउँबाट पल्टिएर दुर्घटना भएको थियो । सडकबाट करिब ५० मिटर तल खनायोको रुखमा गाडी अड्किएको र घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले