back
CTIZAN AD

सवारी दुर्घटनामा १ को मृत्यु, १५ घाइते

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.1K 

shares

२१ असोज, मलेखु (धादिङ) । तसर्पु गाविसमा विहिबार बेलुका ८ बजेतिर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

तसर्पु गाविसका पूर्वअध्यक्ष गणेश वाइबाका अनुसार महादेवबेँसीबाट रातमाटे हुँदै तसर्पु गाविसको कामराङ भन्ने स्थानमा पुगेपछि यात्रुवाहक बलेरो गाडी दुर्घटना भएको हो । दुर्घटनामा स्थानीयवासी निशा थापाको मृत्यु भएको छ । सात गम्भीर घाइतेको उद्धार भइरहेको र एम्बुलेन्स पुग्ने ठाउँसम्म घाइते बोकेर लगिँदै गरेको वाइबाले बताउनुभयो ।

सिट क्षमताभन्दा धेरै यात्रु बोकेर हिँडेको सो गाडी ग्रामीण सडक बिग्रेको ठाउँबाट पल्टिएर दुर्घटना भएको थियो । सडकबाट करिब ५० मिटर तल खनायोको रुखमा गाडी अड्किएको र घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०२:४७ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...