back

त्यो भा.रु सयको नोट र पुष्पलालसँगको मेरो भेट

वि.सं.२०७५ साउन ७ सोमवार

279 

shares
GLOBAL IME AD
NTC AD


बनारस पुग्नासाथ म सीधै पुष्पलालको निवासमा पुगेँ । त्यहाँ चौडा निधार, चौडा छाती, मध्यम कद भएका गोरा व्यक्तिको रुपमा उनलाई भेटँ । उनको तर्क र विज्ञताले मलाई असाध्यै पगाल्यो । मैले आफ्नो मिसन बताउँदै आफूसँग भएको नगद उनको अगाडी राखीदिएँ । तर पुष्पलालले एक रुपैयाँ पनि लिन मानेनन् । बरु उनले बनारसमा होइन काठमाडौ गएर पढ्न प्रेरित गरे, त्यो पैसा मेरो पढाइमा खर्च गर्न समेत मलाइ अह्राए । मैले त्यहि कम्युनिष्ट पार्टीको सदस्यता तिरेँ । मैले असाध्यै करबल गरेपछि उनले मरो हातबाट १ सय भारतीय रुपियाँको नोट लिए ।

०१७ सालको शाही काण्ड ताका भर्खर ७ वर्षको मात्रै भएकाले होला त्यसबेलाको मलाइ खासै याद छैन । तर, समय बित्दै जाँदा पञ्चायातको चरम दमन, बढदो गरीबी र समाजमा वढ्दो असमनताले मलाई व्यवस्था विरुद्ध विशेष चासो बढदै गयो । यसै मेलोमा गाउँका स्थानिय वुद्धिजीवीहरुसँग मेरो संगत बढ्दै गयो । हुन त त्यतिवेलाको मरो उमेर खास विषय बुझ्ने भइसकेको थिएन । तर पनि गाउँमा पन्चहरुको व्यापक दमन, गरिबी झन–झन गरीब बन्दै तथा शोषकहरु झन झन धनी भएको कुराले भित्रैबाट पोलीरहन्थ्यो । शायद यहि भएर होला स्थानीय गुरु टिकाराम भन्डारीसँग मेरो हिमचीम बढन थाल्यो । उहाँको कुरा र व्यवहारले मलाइ खुबै प्रभाव पय्रो ।

मैले २०२३ सालमा पहिलो पल्ट पुष्पलालको बारेमा टिकाराम गुरुबाटै सुनेको छु । टिकाराम गुरुको सदाचारीता र पुष्पलालको स्वच्छ र जनता प्रतिको जवाफदेही जीवन पद्धति बारे सुनेपछि मैले कम्युनिष्ट हुने निधो गरेँ । तर एकमनले पुष्पलाल लाइ नभेटी कसरी कम्युनिष्ट बन्ने भन्ने पनि सोच्यो । पुष्पलाल बनारसमा बस्ने कुरा हामीलाई टिकारामजीले सुनाउनु भएको थियो । गाउँका धेरै शिक्षीत मान्दै बनारसमा पढेर आएका थिए । त्यसैले बनारस खासै टाढा होइन, पुष्पलाललाई नभेटी मैले कम्युनिष्ट पार्टीको सदस्यता नलिने विचार गरेँ ।

तर बनारसमा पुग्ने र पुष्पलाललाई भेट्ने कुरो त्यति सहज थिएन । ०२४ सालमा म ९ कक्षामा पढ्थेँ । अब प्रवेशीका अगाडी वनारस गएर पढ्छु भन्न सक्ने अवस्था पनि थिएन । बारम्वार पुष्पलाल भेटने र कम्युनिष्ट बन्ने लालसा पाल्दै मैले ०२५ सालमा प्रवेशीका दिएँ ।

जिल्ला सदरमुकाम तम्घासमा प्रवेशीकापरीक्षा दिएर घर पुग्दा नपुग्दै मेरो जीवनमा फेरी अर्कै मोड आइदियो । १४ वर्षको कलिलो उमेरमा मलाई शिक्षक बनाउने भन्दै बाग्लुङ्गका कम्युनिष्ट नेता चित्रबहादुर जे.सी मलाई लिन मेरै घरमा आउने भएको रहेछ । उहाँलाई मैले आफू पढ्न नजाने बरु वनारस गएर पुष्पलाल भेट्ने आफ्नो योजना सुनाएँ । उहाँले मलाई परीक्षाफल प्रकासन हुने बेलासम्म पठाइ दिन आग्रह गर्नुभयो । त्यसपछि उहाँले तलब हुनेगरि आफ्नै कमाइले बनारस पुग्न र पुष्पलाललाई भेट्न हौस्याउनु भयो । म बाग्लुङ्गको काँडेवासमा पढ्न जान तयार भएँ ।

त्यहाँको वातावरणले मलाई अझै कम्युनिष्ट बन्न हौसायो । १४ वर्षको उमेरमा २० वर्षका धेरै उमेरका विद्यार्थीलाई मैले २ वर्ष मा.बि तहमा गणीत र विज्ञान पढाएँ । खाने बस्ने व्यवस्था स्थानीय जनताले दिलाइ दिएका थिए । तलब चोखो जोगीन्थ्यो । यहि बेलामा पुष्पलाललाई बनारसमा खान बस्न समस्या भएको, पैसा नभएर कहिलेकाही एक छाक खाना, एउटा पानको भरमा छाक टार्नु पर्ने जस्ता खबर आउन थाले । यी खबरले मलाई असाध्यै पिरोल्यो । त्यसपछि त मैले कमाएको सबै पैसा पुष्पलाललाई दिने निर्णय गरँ ।

०२७ सालको जाडो याममा त्यति बेला पुषमा शैक्षिक सत्र सकियो । म विद्यालयबाट बिदा भएर सिधै बनारस गएँ । प्रवेशीकाको प्रमाणप्रत्र र पैसा झोलामा राखेर म कम्युनिष्ट बन्न बनारस हिडँ । बनारसमा पुष्पलाललाई कसरी भेट्ने सबै जानकारी टिकारामजीले दिनुभयो । बनारस पुग्नासाथ म सीधै पुष्पलालको निवासमा पुगेँ । त्यहाँ चौडा निधार, चौडा छाती, मध्यम कद भएका गोरा व्यक्तिको रुपमा उनलाई भेटँ । उनको तर्क र विज्ञताले मलाई असाध्यै पगाल्यो । मैले आफ्नो मिसन बताउँदै आफूसँग भएको नगद उनको अगाडी राखीदिएँ । तर पुष्पलालले एक रुपैयाँ पनि लिन मानेनन् । बरु उनले बनारसमा होइन काठमाडौ गएर पढ्न प्रेरित गरे, त्यो पैसा मेरो पढाइमा खर्च गर्न समेत मलाइ अह्राए । मैले त्यहि कम्युनिष्ट पार्टीको सदस्यता तिरेँ । मैले असाध्यै करबल गरेपछि उनले मरो हातबाट १ सय भारतीय रुपियाँको नोट लिए ।

एकातीर कम्युनिष्ट पार्टीको सदस्यता पाएको उत्साह अर्कोतिर आफ्ना आदर्श नेता भेटेको जोस, यी दुबै बोकेर काठमाडौ फर्किएर अमृत साइन्स क्याम्पसमा विज्ञान विषय पढ्न थालेँ । पढाइ र विद्यार्थी राजनितीसँगै जादँ थियो । यहि बेला कम्युनिष्ट पार्टीमा विभिन्न खाले विभाजनहरु पनि आउन थाले । यसले हामीलाई पिरोल्न थाल्यो । अनि हामीले पुष्पलालको विचार बुझ्न बनारस जाने निधो ग¥यौँ ।

हामी बनारस पुग्दा पुष्पलाल विपीसँग वार्तामा थिए । हामीले उनलाई भेटयौँ । त्यो भेटपछि त म पुष्पलालको फ्यान नै भएँ । उनले म बाट लिएको हिसाबकिताब मात्रै देखाएनन् अझै खर्च नभएको १० रुपीयाँ समेत देखाए । उनको यो मितव्ययी, खुल्ला र पारदर्सी व्यवहारले मलाई जीवनभरी निर्देशित गरिरह्यो ।

(स्व. पाण्डे पुराना वामपन्थी नेता हुन् )

वि.सं.२०७५ साउन ७ सोमवार १२:०३ मा प्रकाशित

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

काठमाडौँ । पल्लाघरे काकाको छोरी अमेरिकाको लागि उडेकी मात्र के...

श्रीस्वथानी व्रतकथा, लैङ्गिक विभेद र केही अनुउत्तरित प्रश्नहरु

श्रीस्वथानी व्रतकथा, लैङ्गिक विभेद र केही अनुउत्तरित प्रश्नहरु

“धर्म”दैवी वा अदृष्य शक्तिमा गरिने विश्वास, आस्था वा सद्भाव हो।...

कस्तो भाडाँमा खाना पकाउँदा स्वास्थ्यवर्धक

कस्तो भाडाँमा खाना पकाउँदा स्वास्थ्यवर्धक

१. परिचय १.१ भूमिका नेपालमा धेरैथरीका भाँडावर्तन प्रचलनमा छन् ।...

गरौ कोदो खाने बानी खनिज तत्वको खानी !

गरौ कोदो खाने बानी खनिज तत्वको खानी !

१. परिचय १.१ भूमिका कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन्...

यसरी बन्छ देश

यसरी बन्छ देश

हाम्रो देश कसरी बन्छ ?, यो प्रश्न निकै पेचिलो बन्दै...

यूरोपका किसान आन्दोलनले उठान गरेका मुद्धा अनि हाम्रो वास्तविकता

यूरोपका किसान आन्दोलनले उठान गरेका मुद्धा अनि हाम्रो वास्तविकता

नेपालको कृषि कुरा गर्दा १९८० साल तिरको अबस्था हेर्दा ९०...