back

किराया शाखा कतारद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न, पृथ्वी राईसँग भेटघाट

वि.सं.२०७५ साउन ७ सोमवार

279 

shares


किरात राई यायोक्खा (किराया) शाखा कतारले एक आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गत मिति २०१८ जुलाई २० तारिख शुक्रबार यस संस्थाले दोहा स्थित द गोर्खा रेष्टुरेण्टमा अध्यक्ष एकराज राईको अध्यक्षतामा आन्तरिक प्रशिक्षणको आयोजना गरि भव्य रुममा सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाको विषेश व्यक्तित्वहरुले विभिध चार सेसनमा अत्यन्तै रोमाञ्चक र प्रभावकारी ढंगबाट प्रशिक्षण प्रदान गर्नुभएको थियो । यसै क्रममा विशेष सल्लाहकार श्री धिरज चाम्लिङ्ग राईले ‘किरात राईहरुको उत्पती कथा, एैतिहासिक राजनैतिक पृष्ठभूमि तथा आजको आवस्था’ भन्ने विषयमा, संस्थाका अध्यक्ष तथा प्रशिक्षक एकराज राईले ‘मुन्दुम, किरात राईहरुको चाड, संस्कार तथा साकेला सिली’ भन्ने विषयमा, रेगिस्तानी कवि तथा संस्थाका सल्लाहकार तिर्थ संगम राईले ‘किरात राईहरुको भाष, धर्म, कला, साहित्य, पहिचान र अधिकार’ भन्ने विषयमा र संस्थाका सचिवालय सदस्य तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष देवराज राईले ‘संस्था, संरचना, विस्तार र आचारसंहिता’ भन्ने विषयमा प्रशिक्षण प्रदान गर्नुभएको हो ।

वैदेशिक रोजगारको सिलसिलामा विदेशिएर यहा पाल्नु हुने किरात राई समुदायका विभिन्न क्षेत्रमा आफ्नो कार्य कौशलताका साथ कम्पनीको जिम्मेवारी पूरा गरिरहनु भएका हाम्रा किरात राई दाजुभाई तथा दिदिवहिनीहरु लगाएत अन्य समुदायको समेत बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा सहभागीहरु सबैले प्रशिक्षण कार्यक्रम अत्यन्तै उपलब्धीमूलक र प्रवासमा रहेर पनि आफ्नो ईतिहास, संस्कार, संस्कृती, कला साहित्य, पहिचान तथा अधिकार जस्तो महत्वपूर्ण बिषयहरुको बारेमा धेरै कुरा बुझ्न पाउदा अत्यन्तै खुसि ब्यक्त गर्दै यस्तो प्रकारको कार्यक्रम हुनु नै ठूलो कुरा रहेको भन्दै आयोजक टिमलाई धेरै धेरै धन्यवाद र आगामी दिनहरुमा पनि यो प्रकारको कार्यक्रम आयोजना गर्न सुझाब समेत दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष एकराज राई लगायत सम्पूर्ण प्रशिक्षकहरुले सम्पूर्ण प्रशिक्षार्थीको रुपमा उपस्थित रहनुभएका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । अध्यक्ष राईले आभार प्रकट गर्दै सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका स्पोन्सरहरु क्रमशः किरात राई यायोक्खा सल्लाहकार समितिका संयोजक तथा संस्थाका प्रमुख सल्लाहकार अमृत कुमार राई लगायत सम्पूर्ण सल्लाहकारहरुलाई कार्यक्रमको हल स्पोन्सरको लागि, सचिवालय सदस्य देवराज राईलाई पिउने पानी र नास्ता स्पोन्सरको लागि महिला विभाग प्रमुख श्रीमती सिता राईलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।

त्यसैगरी किराया कतारले चलचित्र निर्माता तथा किराया खोटाङका कार्यसमिति सद्स्य पृथ्वी राईसँग अनौपचारिक भेटघाट कार्यक्रम गरेको छ । संस्थाले दोहामा चलचित्र मट्टीमाला प्रदर्शनीको क्रममा आउनु भएका सो चलचित्रका निर्माता तथा कलाकार पृथ्वी राईलाई हिजो विशिष्ट अतिथिको रुपमा दोहाको यूनिक रेष्टुरेण्टमा भेटघाट गरि परिचयात्मक कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष एकराज राईको अध्यक्षता संगै सल्लाहकार द्वय दिपक राई र रविन राईको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका कार्यसमिति पदाधिकारीहरु उपस्थितिमा छोटो अन्तक्रिया गरि सम्पन्न गरिएको थियो । निर्माता राई एक कुशल फेशन डिजाईनर हुनुका साथै किरात राई यायोक्खा खोटाङ्ग शाखाका केन्द्रीय सदस्य समेत रहनुभएको जानकारी दिदा कार्यक्रम अझ रोमाञ्चकारी भएको थियो । संस्थाको बारेमा प्रथम उपाध्यक्ष लोक लोहोरुङ्ग राईले यस्तो कार्यक्रमको परम्परा रही आएको प्रष्टयाउदै संस्थाको बारेमा भई गरि आएको छोटो जानकारी समेत दिनु भएको थियो ।

अन्तमा, अध्यक्ष एकराज राईले राई समुदायको बहुप्रतिभाका धनी विशिष्ट अतिथि पृथ्वी राईलाई भेट गर्न पाउदा गौर्वान्वित भएको भनाई व्यक्त गर्दै वहाको प्रगतीको समेत शुभकामना प्रकट गर्नुभएको थियो ।

वि.सं.२०७५ साउन ७ सोमवार ११:०९ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...