back
CTIZAN AD

बेलायत र नेपाली विद्यार्थीमा कुनै भिन्नता छैन

वि.सं.२०७५ साउन ७ सोमवार

699 

shares

७ साउन, विराटनगर । मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत ७६ छात्रछात्रा स्नातक तह बजार व्यवस्थापन (बिबिएम) विषयको उपाधिका साथ दीक्षित भएका छन् ।

बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयवाट सम्बन्धनप्राप्त सो कलेजले चार वर्ष अध्ययन अभ्यापनपछि आइतबार सांँझ यहाँ विद्यार्थीलाई दीक्षित गराएको हो । दीक्षित हुनेमा ४० छात्रा छन् । यसअघि आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले कलेजबाट उत्पादित जनशक्ति विश्व बजारमा सहज र सरल किसिमले खपत हुने बताउँदै सन् २००२ देखि नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकामा खुशी व्यक्त गरे । विश्वविद्यालयका केल्भीन नेजीले दीक्षित विद्यार्थीबाट विश्व बजारमा नेपाल र नेपाली विद्यार्थीको गरिमा बढ्ने बताए।

इनोभेट नेपाल ग्रुपका सुलभ बुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएका बताए। कलेजका प्रमुख भेषराज पोखरेलले कलेजले विद्यार्थीलाई आवश्यक पर्ने ज्ञान हासिल गर्नका लागि बेलायत र थाइल्याण्डसमेत पठाउने गरेको जानकारी दिए । विश्वविद्यालयका डा गुरमुक सिंहले सीप तथा दक्षता हासिल गर्ने कार्यमा बेलायत र नेपाली विद्यार्थीमा कुनै भिन्नता नरहेको बताए । कलेजले चार वर्षअगाडि सञ्चालन गरेको बिबिएम विषयमा दीक्षित हुने विद्यार्थीमा ८० प्रतिशतले रोजगार प्राप्त गरेका छन् । कलेजमा अध्ययनरत ३०० विद्यार्थीमा १० प्रतिशत भारतीय छन् ।

वि.सं.२०७५ साउन ७ सोमवार १२:५२ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...