back
CTIZAN AD

तीन जना पहिरामा पुरिए

वि.सं.२०७५ साउन ७ सोमवार

693 

shares

७ साउन, रोल्पा । गए राति गएको पहिरामा परी सुनिल स्मृति गाउँपालिका– ८ अरेशका तीन जना पुरिएका छन् ।

पहिरामा परी पुरिनेमा सुनिल स्मृति गाउँपालिका– ८ अरेशका १८ वर्षीया चमेली पुन, १८ वर्षकै होमे घर्ती र १२ वर्षीय ओवी घर्ती भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । गोठमा रहेको एउटा गाईसमेत पुरिएको बताइएको छ । बेलुका खाना खाएर गोठमा सुत्न गएका उनीहरु बिहान अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा पहिरामा पुरिएको अवस्थामा भेटिएको बताइएको छ ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय सुलिचौरको टोली घटनास्थलतर्फ लागेको बताइएको छ । सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागे पनि पैदलयात्रा गरी जानुपर्ने भएकाले केही ढिलाइ भएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए ।

वि.सं.२०७५ साउन ७ सोमवार १५:३६ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...