back
CTIZAN AD

तरकारीबाट आम्दानी बढाउँदै चेपाङ

वि.सं.२०७३ असोज २७ बिहीवार

1.2K 

shares

२७ असोज,रत्ननगर (चितवन)  । गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर मकै कोदो लगाएर बस्ने विकट गाउँका चेपाङको दिनचर्या फेरिन थालेको छ ।

अहिले कतिपय चेपाङ बाख्रा पालनमा सक्रिय छन् भने कतिपय तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेको शक्तिखोरका दलबहादुर चेपाङको भनाइ छ । केही चेपाङ अझै छ महिना अनिकाल र छ महिना सहकालमा जीवन गुजार्दै आए पनि धेरैजसो भने व्यावसायिक हुन थालेका छन् । चन्डिभञ्याङका कुमार चेपाङले अहिले तीन कट्टा जग्गामा तरकारी खेती गर्नुभएको छ ।

उहाँको बारीमा धनिया, केराउ, टमाटो र साग खेती छ । अघिल्लो वर्ष १० धुरमै १४ क्विन्टल टमाटो बेच्नुभएका उहाँले अहिले सोही क्षेत्रमा गोलभेँडा लगाउनुभएको छ ।

बनु चेपाङले पनि डेढ कट्ठा जमिनमा गोलभेडा र डेढ कट्ठामा केराउ छ । दसैँको मुखमा दुई क्विन्टल तरकारी बेचेर खर्चको जोहो भएको उहाँको भनाइ छ । अघिल्लो वर्ष १५ देखि २० रुपैयाँ प्रति किलो रहेको गोलभेडा अहिले प्रतिकिलो रु ४५ का दरले बेच्दा निकै फाइदा भएको बनु बताउनुहुन्छ ।

“दस–पन्ध्र हजार रुपौयाँ लगानी भएको थियो, अहिले झण्डै रु ६० हजार आम्दानी भएको छ । बनुले भन्नुभयो, यो पाली युवा लक्षित कार्यक्रमले र रु ४० हजार अनुदान पनि पाइयो ।”

चन्डिभञ्याङको आदमारा गाउँमा ४५ घर चेपाङ छन् तीमध्ये ३० घरले व्यवसायिक रुपमा तरकारी खेती गरेका हुन् ।

उहाँहरु जस्तै दीपा चेपाङले समेत घरमा तरकारी खेती गर्नुभएको छ । उहाँको आठ कट्ठामा केराउ छ । दुई कट्ठामा धनियाँ, एक कट्ठामा सागलगागत गरेर १४ कट्ठामा तरकारी खेती गरेको दीपा बताउनुहुन्छ ।

अघिल्लो वर्ष तरकारी खेतीबाट रु एक लाख ७५ हजार कमाइ गर्नुभएकी दीपा यो वर्ष रु दुई लाख कमाउने योजनामा हुनुहुन्छ । यसपालि दसैँमा रु दुई लाख बढीको त उहाँले खसी पनि बेच्नुभयो ।

उहाँहरुजस्तै विकट गाविस दारेचोक, कोराक, लोथर, सिद्धि, काउलेलगायत क्षेत्रमा अहिले आदिवासी जनजाति र अतिसीमान्तकृत चेपाङ विभिन्न पेसामा व्यावसायिक रुपमा लागेका छन् ।

युवा लक्षित कार्यक्रममा समेत चेपाङको सहभागिता बढ्न थालेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरे बताउनुहुन्छ ।

उहाँका अनुसार कृषि कार्यालयले अघिल्लो वर्षदेखि गाउँमा व्यावसायिक तरकारी खेतीका लागि सहयोग गर्दै आएको छ । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार १४:०१ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...