back
CTIZAN AD

राप्ती शान्ति उद्यानमा ‘मिनी जु’,१४ प्रजातिका पक्षी र जनावर राख्ने तयारी

वि.सं.२०७३ असोज २७ बिहीवार

993 

shares

२७ असोज,दाङ । यहाँको राप्ती शान्ति उद्यान पार्कभित्र सानो चिडियाखाना ‘मिनी जु’ निर्माण कार्य सुरु भएको छ ।

दाङको तुलसीपुर–३ मा रहेको राप्ती शान्ति पार्कभित्र पर्यटन मन्त्रालय र स्थानीय उपभोक्ताको लागत र सहभागितामा मिनी जु निर्माण सुरु भएको हो ।

जिल्लामा बाल मनोरञ्जनका लागि पार्क नभइरहेको अवस्थामा तुलसीपुर क्षेत्रमा निर्माण हुन लागेको मिनी जुले बालबालिकाको एकोहोरो पन तथा साताभरिको पढाइको व्यस्तताका कारण अव्यवस्थित भएको मानसिक तनावलाई समेत शान्ति दिने अपेक्षा गरिएको छ ।
रु २४ लाख लागतमा मिनी जु निर्माण सुरु गरिएको राप्ती शान्ति उद्यान पार्क व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर केसीले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयअन्तर्गत रु २० लाख, उपभोक्ताको २० प्रतिशत गरी रु २४ लाखमा मिनी जु निर्माण हुने उहाँले बताउनुभयो । शान्ति उद्यानमा निर्माण हुने ‘मिनी जु’मा जरायो, हरिण, स्याल, बँदेल, नीलगाई, गोहोेरो, बाँदर, अस्ट्रिज, मजुर, कालिजलगायतका १४ प्रजातिका पक्षी र जनावर राख्ने तयारी गरेको अध्यक्ष केसीले बताउनुभयो ।

मिनी जुमा राखिने पक्षी तथा जनावर केही सौजन्य र केही किनेर ल्याउने तयारी भएको बताइएको छ । निजी तथा सामुदायिक क्षेत्रमा निर्माण हुन लागेको यो सम्भवतः मध्यपश्चिमकै पहिलो चिडियाखाना हो । मिनी जु सञ्चालनसँगै पार्कको विकासका साथै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लैजाने बताइएको छ ।

चिल्ड्रेन पार्कमा बालबालिकाका लागि रेल, पिङ, चिप्लेटी, झोलुङ्गे पिङलगायत बालबालिकाका खेल सामग्री राखिएको छ । त्यसैगरी पार्कमा बुद्धको स्तम्भ, बोटिङ पुल पनि निर्माण गरिने समितिले जनाएको छ । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार १४:०० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...