Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

भूपू विद्यार्थी मञ्चद्वारा एम्बुलेन्स सञ्चालन



२७ असोज,वालिङ  । स्याङ्जाको दक्षिण पश्चिम श्रीकृष्ण गण्डकी–६ दप्छेस्थित ध्रुवज्योति विद्यालयमा रहेको भूतपूर्व विद्यार्थी मञ्चले एम्बुलेन्स सेवा सुरु गरेको छ ।

विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीले एम्बुलेन्स सेवा सञ्चालन र विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत आर्थिक सङ्कलन गरेका थिए ।

देश तथा विदेशमा रहेका भूतपूर्व विद्यार्थीबाट मात्रै हालसम्म रु ४० लाख सङ्कलन भएको र सोमध्ये रु नौ लाखबाट सुविधा सम्पन्न एम्बुलेन्स सेवा सुरु गरेको विद्यालयका प्रधानाध्यापक एवम् मञ्चका संरक्षक हिराबहादुर गाहा मगरले बताउनुभयो ।

“यस विद्यालयमा स्थापित भूतपूर्व विद्यार्थी मञ्चले निकै उदाहरणीय कार्य गरेको छ”, विद्यालयका प्रधानाध्यापक मगरले भन्नुभयो – “बाटो निकै अप्ठ्यारो र समयमा सवारी साधन नपाउनाले बिरामीको ज्यान जाने गरेको थियो अब केही हदसम्म समस्याको समाधान हुने देखेको छु ।”

रु २७ लाख लागत रहेको उक्त एम्बुलेन्स भन्सार छुटमा रु नौ लाखमा ल्याइएको विद्यालयले जनाएको छ । अहिले पनि आर्थिक सङ्कलनको अभियान जारी रहेको छ । रासस


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा