back
CTIZAN AD

भूपू विद्यार्थी मञ्चद्वारा एम्बुलेन्स सञ्चालन

वि.सं.२०७३ असोज २७ बिहीवार

1.2K 

shares

२७ असोज,वालिङ  । स्याङ्जाको दक्षिण पश्चिम श्रीकृष्ण गण्डकी–६ दप्छेस्थित ध्रुवज्योति विद्यालयमा रहेको भूतपूर्व विद्यार्थी मञ्चले एम्बुलेन्स सेवा सुरु गरेको छ ।

विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीले एम्बुलेन्स सेवा सञ्चालन र विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत आर्थिक सङ्कलन गरेका थिए ।

देश तथा विदेशमा रहेका भूतपूर्व विद्यार्थीबाट मात्रै हालसम्म रु ४० लाख सङ्कलन भएको र सोमध्ये रु नौ लाखबाट सुविधा सम्पन्न एम्बुलेन्स सेवा सुरु गरेको विद्यालयका प्रधानाध्यापक एवम् मञ्चका संरक्षक हिराबहादुर गाहा मगरले बताउनुभयो ।

“यस विद्यालयमा स्थापित भूतपूर्व विद्यार्थी मञ्चले निकै उदाहरणीय कार्य गरेको छ”, विद्यालयका प्रधानाध्यापक मगरले भन्नुभयो – “बाटो निकै अप्ठ्यारो र समयमा सवारी साधन नपाउनाले बिरामीको ज्यान जाने गरेको थियो अब केही हदसम्म समस्याको समाधान हुने देखेको छु ।”

रु २७ लाख लागत रहेको उक्त एम्बुलेन्स भन्सार छुटमा रु नौ लाखमा ल्याइएको विद्यालयले जनाएको छ । अहिले पनि आर्थिक सङ्कलनको अभियान जारी रहेको छ । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार १३:५८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...