back
CTIZAN AD

संविधान संशोधन र कार्यान्वयनमा रुमलिएको राजनीति

वि.सं.२०७३ असोज २७ बिहीवार

1.1K 

shares

प्रकाश सिलवाल

२७ असोज,काठमाडौँ  । प्रमुख दल मिलेर ल्याइएको संविधान कार्यान्वयनको सैद्धान्तिक आधारमा उनीहरुबीच विवाद देखिँदैन । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको ऐतिहासिक जनआन्दोलनका मुख्य शक्ति नै अहिलेका प्रमुख दल भएकाले त्यसको मर्म र भावनालाई आत्मसात् गरी एक ठाउँमा उभिएर २०७२ असोज ३ मा सात प्रदेशको सङ्घीयतासहितको संविधान जारी गराउनु मात्र उनीहरुको दायित्व थिएन ।

संविधानका कतिपय प्रावधानमा आ–आफ्ना फरक मान्यता राख्ने प्रमुख दलले न्यूनतम् सहमतिको दस्तावेजका रुपमा नयाँ संविधान जारी गराएर मुलुकको सङ्क्रमणकाल अन्त्य गरी समृद्धिको यात्रामा लाग्ने अठोटमा पनि अहिले खिया लाग्न थालिसकेको छ । संविधानमा खासगरी प्रदेशको सङ्ख्या र सीमामा असन्तुष्ट मधेसी दललाई संविधानको स्वीकार्यतामा ल्याउने उनीहरुको प्रयास सत्ताको दाउपेचमा रुमल्लिएको छ ।

संविधान जारी भएको चार महिनापछि अर्थात् गत माघ ९ गते नेपालको संविधान, २०७२ को पहिलो संशोधन भई जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक प्रतिनिधित्वको प्रस्ताव पारित भएको थियो । यो संशोधन पनि तीन दल मिलेर मात्र सम्भव भएको थियो । त्यसदिन संसद्मा उपस्थित सङ्ख्या ४६८ मध्ये संविधान संशोधन विधेयकको पक्षमा ४६१ मत पर्नुले त्यसलाई पुष्टि गर्छ । भलै, मधेसी मोर्चाले यतिमा चित्त बुझाएन ।

संविधानपछि अर्काे निर्वाचनसम्म प्रमुख तीन दल (नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको संयुक्त सरकार बनाउने भद्र सहमतिको खास्टो उध्रिएपछि यी दलमा संविधान कार्यान्वयन कि संशोधन भन्नेमा विवाद उत्पन्न भएको हो । संविधानले २०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गराइसक्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान सत्ता गठबन्धनले मधेसी दलको माग संविधान संशोधनमा समेटेर मात्र निर्वाचनमा जाने तयारी गरेको जनाए पनि प्रमुख प्रतिपक्षी एमाले र विपक्षी राप्रपा नेपाललगायतका दल प्रदेश र सीमामा हेरफेरका लागि हुने संशोधनले राष्ट्रियता धरापमा पर्ने जिकिर गर्छन् ।

छिटो स्थानीय तहको निर्वाचनको माग गरिरहेको एमालेको समर्थनबिना संशोधनका लागि दुई तिहाइ नपुग्ने भएकाले पनि अहिले उसको भूमिका निर्णायक देखिएको छ । अर्काेतिर, मधेस केन्द्रित दलले बहिष्कार र असहयोग गर्ने हो भने तराई मधेसमा निर्वाचन गराउन फलामको च्युरा चपाउनुसरह हुने खतरा उत्तिकै छ ।

त्यसो त काँग्रेस र माओवादी केन्द्रबीच पनि संशोधनको मस्यौदामा समान मत बाहिर आइसकेको छैन । ती दलका कतिपय नेताले सिमाना हेरफेर हुनु हुँदैन भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । मधेसी मोर्चा भने संविधान संशोधन नहुने हो भने सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिन थालेको छ । उसले माग पूरा गराउन छठ पर्वसम्मको समयसीमा दिएको छ । विपक्षी एमालेले आफूसँग संशोधनबारे कुनै छलफल नभएको दाबी गरेको छ भने सरकारका केही मन्त्रीहरु एमालेलाई संशोधनमा सहमत गराइने जनाउँछन् । आखिर संशोधनका नाममा समय गुजार्ने, आरोप प्रत्यारोप गर्ने र निर्वाचन नहुने स्थिति पैदा हुने त होइन ? यो प्रश्न पनि नागरिक क्षेत्रबाट उठ्न थालेको छ ।

दसैँअघिको एक कार्यक्रममा एमालेका सचिव योगेश भट्टराईले सत्ता पक्षले संविधान संशोधन गराउनै खोजेको हो भने त्यसबारे आ–आफ्ना केन्द्रीय कमिटीबाट पारित गराएर प्रस्ताव दर्ता गर्न चुनौती दिँदै अन्यथा एमालेले बाधा उत्पन्न गरेको आरोप नलगाउन चेतावनी दिनुभएको थियो ।

विजयादशमीको भोलिपल्ट यहाँ आयोजित एक अन्तक्र्रियामा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले सरकार एक्लै होइन विपक्षीसँग मिलेर अघि बढ्ने जनाऊ दिनुभएको छ । संविधान संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरिरहेको उहाँको कथन थियो ।

गजुरेलको यो भनाइले दसैँलगत्तै राजनीतिक चहल पहल बढ्ने देखिन्छ । सम्भवतः यही असोज २९ मा एमालेले तय गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमबाट त्यसको प्रत्यक्ष छनक मिल्ने छ ।

संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ भित्रै तीनवटै निकायको चुनाव अनिवार्य रहेको जनाउने काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान संशोधनको पक्षमा आफ्नो पार्टी निकै गम्भीर रहेको बताउँदै मधेसी मोर्चालगायत अन्य असन्तुष्टको मुद्दालाई सम्बोधन गर्न पार्टी प्रयासरत रहेको बताउनुहुन्छ ।

वि.सं.२०७३ असोज २७ बिहीवार १४:०५ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...