back
CTIZAN AD

पर्यटनमै भविष्य खोज्ने सुन्दरीका यस्ता छन् योजना

वि.सं.२०७३ असोज २७ बिहीवार

1.8K 

shares

सिबी अधिकारी

काठमाडौँ । ‘मिस टुरिजम’ को उपाधि चुमेकी ओरुषा थापा पर्यटनमैै आफ्नो भविष्य खोज्ने आकाङ्क्षामा जुटेकी छिन् ।

व्यवस्थापन (बिबिए)मा अध्ययनरत थापाले नेपालमै पहिलोपटक गत भदौ २५ मा आयोजित प्रतियोगितामा ‘मिस टुरिजम’ को ताज पहिरिएकी थिइन् । थापाले आफ्ना २० प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि हात पारेकी हुन् ।

विश्व पर्यटन बजारको आकर्षणले यी १८ वर्षे युवतीलाई पनि उत्प्रेरित गरेकाले पर्यटनले नै देशलाई समृद्धिको बाटोमा अघि बढाउने र जनताको जीवनस्तर उकास्सिने उनको विश्वास छ ।

काठमाडौँको रैथाने परिवारमा जन्मिएकी थापालाई देश विदेशमा अध्ययन गर्ने राम्रा अवसर नआएको हैन तर, आफ्नै देशमा केही पौरख गरौँ भन्ने अभिलाषाका साथ यिनी नेपाली पर्यटन बजारमा आफ्नो भविष्य पहिल्याउँदैछिन् ।

“राम्रा पढेलेखेका विद्यार्थी विदेशै जानुपर्छ भन्ने छैन, देशका लागि केही गरौँ भन्ने सोच सबैमा भए नेपालको समृद्धिका लागि धेरै कुर्नु पर्दैन, हामीजस्ता युवा–युवती देश बनाउने काममा तल्लिन हुनुपर्छ” – रासससँगको कुराकानीमा थापाले भनिन् ।

पुख्यौली पेसालाई निरन्तरता दिने सोचमा रहेकी थापाले बुबाको ट्राभल एजेन्सीको व्यवसायले आफूलाई आकर्षित गरेको र नेपालमा पर्यटनको भविष्य उज्ज्वल छ भनेर यो क्षेत्रलाई रोजेको बताइन् ।

पारिवारिक पेसाले गर्दा उनको घरमा धेरै पर्यटक अउँथे, सानैदेखि पर्यटक र पर्यटनबारे जानकार राख्ने थापाले पर्यटनलाई नै मुख्य पेसा बनाउने बताउँछिन् ।

प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त नेपालको पर्यटनमै उज्ज्वल भविष्य देख्ने यी सुन्दरीले पर्यटनको बजारीकरण र प्रवद्र्धन हुनुपर्नेमा जोड दिन्छिन ।
भूकम्प र नाकाबन्दीपछि केही शिथिल बनेको नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न र युवा पुस्तालाई परिचालन गर्नुपर्ने उनको धारणा छ ।

बाल्यकालदेखि नै स्कुलमा हुने हरेक प्रतियोगितामा उत्कृष्ट हुने गरेकी थापाले सफलतालाई चुम्दै मिस टुरिजमको ताज पनि जितिन् जुन उनको जीवनकै सबैभन्दा ठूलो खुसी थियो । उनी कलेजको पनि अब्बल छात्रा हुन् ।

अब खुसीसँगै उनमा केही गर्नैपर्छ भन्ने जिम्मेवारी पनि बढेको छ । पर्यटनमा कसरी अघि बढ्ने भन्ने अध्ययनमा रहेकी थापाले पर्यटनलाई कसरी प्रभावकारी प्रवद्र्धन गर्ने भन्ने योजना पनि बनाएको बताउँछिन् ।

पर्यटन प्रवद्र्धनका लागि अहिलेसम्म राम्रो अध्ययन अनुसन्धान नभएकै कारण बजारीकरण हुन नसकेको ठान्ने मिस टुरिजम थापाको पर्यटन उद्योगलाई विश्व बजारमा प्रवद्र्धनका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने सोच छ ।

पर्यटनसँगै कला क्षेत्रमा पनि उत्तिकै रुचि राख्ने थापा पर्यटनका लागि कला अपरिहार्य भएको बताउँछिन् । विभिन्न सञ्चारमाध्यममा उद्घोषणसमेत गरेकी थापाले अब म्युजिक भिडियोमा समेत लाग्ने योजना सुनाइन् । अहिले पाँचभन्दा बढी म्युजिक भिडियोका लागि माग भएको आएको सुनाउँदै थापाले चलचित्र क्षेत्रमा भने ै अभिनय गर्ने सोच नरहेको बताइन् ।
दसैैँ, तिहारलगायतका पर्वमा विदेश होइन पहिला देश घुमौँ अनिमात्र विदेश रोजौँ भन्ने आम नेपालीमा थापाको सुझाब छ । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार १४:०९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...