back
CTIZAN AD

 पाँच दिनमा काजकिरिया

वि.सं.२०७३ असोज २७ बिहीवार

1K 

shares

२७ असोज,ललितपुर  । मृत्यु संस्कार सुधार अभियानमा सहमत हुँदै स्थानीयवासी दाजुभाइले आफ्ना पिताको पाँच दिनमा काजकिरिया सम्पन्न गरेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका–६ विष्णुडोलका प्रह्लाद र अमृत विष्टले आफ्ना पिता जयबहादुरको काजकिरिया पाँच दिनमा सक्नुभभएको हो । उनीहरुका पिताको पाँच दिनअघि निधन भएको थियो ।

काजकिरिया पाँच दिनमा पूरा गरेपछि प्रह्लादले निवासमा पुगेका सञ्चारकर्मीसँग हिन्दू धर्मको रक्षा र आस्थानुसार नै संस्कारमा सुधारको अभियानलाई साथ दिइएको बताउनुभयो । हिन्दू धर्मले शरीर पञ्चतत्वले बनेको र हरेक विधिमा पाँच नै हुने विषय शास्त्रमा समेत उल्लेख भएको बुझेर संस्कार सुधार समाजको अभियान चालिएको उहाँको भनाइ छ ।

संस्कार सुधार समाजका अध्यक्ष शङ्करप्रसाद पोखरेलले हिन्दू धर्मशास्त्रको सूक्ष्म अध्ययनपछि आफूहरुले पछिल्लो पाँच दिनको काजकिरिया शास्त्रसम्मत हो भन्ने निष्कर्ष निकालेको तर्क गर्नुभयो । काजकिरिया पाँच दिनमा गर्ने अभियान हिन्दू संस्कारको विरोधमा नभई संरक्षण र रक्षाको हेतुले गरिएको जिकिर उहाँले गर्नुुुभयो । “हिन्दू धर्मले कसैलाई बाध्य बनाउने गरेको छैन, सुरुमा केही असजिलो अवस्था भए पनि बिस्तारै संस्कार सुधार सामान्य बन्दै जाने छ” उहाँले भन्नुभयो ।
धर्म संस्कारका ज्ञाता आचार्य खगेन्द्र रेग्मीले पाँच दिनको काजकिरियाको अभियानमा कसैले शङ्का गर्नुनपर्ने बताउनुभयो । पाँच दिनमा काजकिरिया सम्पन्न गराउनुभएका पं वसन्तप्रसाद आचार्यले सामाजिक परिस्थिति, चेतनाको विकास र नेपाली हिन्दूको भावनालाई समेत ध्यानमा राख्दा पाँच दिनको काजकिरिया उपयुक्त मान्नुपर्ने जिकिर गर्नुभयो । विष्णुडोल गाउँको अभियानले समाजमा सकारात्मक सन्देश जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार १४:११ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...