Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

 पाँच दिनमा काजकिरिया



२७ असोज,ललितपुर  । मृत्यु संस्कार सुधार अभियानमा सहमत हुँदै स्थानीयवासी दाजुभाइले आफ्ना पिताको पाँच दिनमा काजकिरिया सम्पन्न गरेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका–६ विष्णुडोलका प्रह्लाद र अमृत विष्टले आफ्ना पिता जयबहादुरको काजकिरिया पाँच दिनमा सक्नुभभएको हो । उनीहरुका पिताको पाँच दिनअघि निधन भएको थियो ।

काजकिरिया पाँच दिनमा पूरा गरेपछि प्रह्लादले निवासमा पुगेका सञ्चारकर्मीसँग हिन्दू धर्मको रक्षा र आस्थानुसार नै संस्कारमा सुधारको अभियानलाई साथ दिइएको बताउनुभयो । हिन्दू धर्मले शरीर पञ्चतत्वले बनेको र हरेक विधिमा पाँच नै हुने विषय शास्त्रमा समेत उल्लेख भएको बुझेर संस्कार सुधार समाजको अभियान चालिएको उहाँको भनाइ छ ।

संस्कार सुधार समाजका अध्यक्ष शङ्करप्रसाद पोखरेलले हिन्दू धर्मशास्त्रको सूक्ष्म अध्ययनपछि आफूहरुले पछिल्लो पाँच दिनको काजकिरिया शास्त्रसम्मत हो भन्ने निष्कर्ष निकालेको तर्क गर्नुभयो । काजकिरिया पाँच दिनमा गर्ने अभियान हिन्दू संस्कारको विरोधमा नभई संरक्षण र रक्षाको हेतुले गरिएको जिकिर उहाँले गर्नुुुभयो । “हिन्दू धर्मले कसैलाई बाध्य बनाउने गरेको छैन, सुरुमा केही असजिलो अवस्था भए पनि बिस्तारै संस्कार सुधार सामान्य बन्दै जाने छ” उहाँले भन्नुभयो ।
धर्म संस्कारका ज्ञाता आचार्य खगेन्द्र रेग्मीले पाँच दिनको काजकिरियाको अभियानमा कसैले शङ्का गर्नुनपर्ने बताउनुभयो । पाँच दिनमा काजकिरिया सम्पन्न गराउनुभएका पं वसन्तप्रसाद आचार्यले सामाजिक परिस्थिति, चेतनाको विकास र नेपाली हिन्दूको भावनालाई समेत ध्यानमा राख्दा पाँच दिनको काजकिरिया उपयुक्त मान्नुपर्ने जिकिर गर्नुभयो । विष्णुडोल गाउँको अभियानले समाजमा सकारात्मक सन्देश जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब