Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

विराट् नेपालभाषा साहित्य सम्मेलनमा लघुकथादेखि निबन्ध



 

२८ असोज, भक्तपुर। विराट् नेपालभाषा साहित्य सम्मेलन गुथीको ५५औँ साहित्य सम्मेलनमा ३५ भन्दा बढी साहित्यकारले हिजो आआफ्नो रचना प्रस्तुत गरेका छन् ।

“जातीय स्वतन्त्रतालाई दबाएर राष्ट्रको उत्थान हुन सक्दैन” भन्ने मूल नारा बोकी ५५ वर्ष अगाडि स्थापित गुथीले हरेक वर्ष बडादसैँको एकादशी र द्वादशीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका साहित्यप्रेमीको सहभागितामा सम्मेलन आयोजना गर्छ ।

सूर्यविनायकमा हिजो भएको कार्यक्रममा राजभाइ जकमी, शशिकला मानन्धर, कृष्णमोहन श्रेष्ठ, विमल ताम्राकार, नवीनप्रकाश श्रेष्ठ, सुलोचना सैंजु, पूर्ण वैद्य, डा आनन्द जोशी, स्नेह साय्मी, भवानी तुलाधर, नारद वज्राचार्य, पुष्प ताम्राकार लगायतले कविता वाचन गर्नुभयो ।

यसैगरी गोविन्दमान श्रेष्ठ, विजयरत्न असंवरे, मीना वज्राचार्य, शरद कसा लगायतले चिनाखँ (लघुकथा), रामनारायण प्रजापतिले निबन्ध, सौरभ शाक्यले मुक्तक, अनिश शाक्य लगायतले गजल प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गुथीका पूर्वअध्यक्ष डा योगेन्द्र प्रधानले प्रवेशिका परीक्षा २०७२ मा नेपाल भाषा विषय लिई सर्वोत्कृष्ट अङ्क हासिल गर्ने मध्यपुरथिमि लाय्कूस्थित आदर्श उमाविका अनिता प्रजापतिलाई ‘नेपाल भाषा साहित्य पदक’ प्रदान गर्नुभयो ।

सो अवसरमा डा पुष्पराज राजकर्णिकारले बहुभाषिक मुलुकमा सबै भाषा, धर्म, जाति, संस्कृतिको विकास नभई मुलुकको विकास हुन नसक्ने भएकाले सरकारले सबै भाषा, धर्म र संस्कृतिलाई सम्मान व्यवहार गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा गुथीका अध्यक्ष कृष्णभक्त बोडे, सचिव बाबुकाजी श्रेष्ठ, कोषाध्यक्ष हिरण्यप्रताप सांगामी र पूर्वअध्यक्ष त्रिरत्न शाक्य, आदर्श मावि लाय्कूका प्राचार्य विद्यादेवी चित्रकार लगायतले साहित्य उत्थानमा सबैको योगदान आवश्यक रहेको बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।