back
CTIZAN AD

विराट् नेपालभाषा साहित्य सम्मेलनमा लघुकथादेखि निबन्ध

वि.सं.२०७३ असोज २८ शुक्रवार

966 

shares

 

२८ असोज, भक्तपुर। विराट् नेपालभाषा साहित्य सम्मेलन गुथीको ५५औँ साहित्य सम्मेलनमा ३५ भन्दा बढी साहित्यकारले हिजो आआफ्नो रचना प्रस्तुत गरेका छन् ।

“जातीय स्वतन्त्रतालाई दबाएर राष्ट्रको उत्थान हुन सक्दैन” भन्ने मूल नारा बोकी ५५ वर्ष अगाडि स्थापित गुथीले हरेक वर्ष बडादसैँको एकादशी र द्वादशीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका साहित्यप्रेमीको सहभागितामा सम्मेलन आयोजना गर्छ ।

सूर्यविनायकमा हिजो भएको कार्यक्रममा राजभाइ जकमी, शशिकला मानन्धर, कृष्णमोहन श्रेष्ठ, विमल ताम्राकार, नवीनप्रकाश श्रेष्ठ, सुलोचना सैंजु, पूर्ण वैद्य, डा आनन्द जोशी, स्नेह साय्मी, भवानी तुलाधर, नारद वज्राचार्य, पुष्प ताम्राकार लगायतले कविता वाचन गर्नुभयो ।

यसैगरी गोविन्दमान श्रेष्ठ, विजयरत्न असंवरे, मीना वज्राचार्य, शरद कसा लगायतले चिनाखँ (लघुकथा), रामनारायण प्रजापतिले निबन्ध, सौरभ शाक्यले मुक्तक, अनिश शाक्य लगायतले गजल प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गुथीका पूर्वअध्यक्ष डा योगेन्द्र प्रधानले प्रवेशिका परीक्षा २०७२ मा नेपाल भाषा विषय लिई सर्वोत्कृष्ट अङ्क हासिल गर्ने मध्यपुरथिमि लाय्कूस्थित आदर्श उमाविका अनिता प्रजापतिलाई ‘नेपाल भाषा साहित्य पदक’ प्रदान गर्नुभयो ।

सो अवसरमा डा पुष्पराज राजकर्णिकारले बहुभाषिक मुलुकमा सबै भाषा, धर्म, जाति, संस्कृतिको विकास नभई मुलुकको विकास हुन नसक्ने भएकाले सरकारले सबै भाषा, धर्म र संस्कृतिलाई सम्मान व्यवहार गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा गुथीका अध्यक्ष कृष्णभक्त बोडे, सचिव बाबुकाजी श्रेष्ठ, कोषाध्यक्ष हिरण्यप्रताप सांगामी र पूर्वअध्यक्ष त्रिरत्न शाक्य, आदर्श मावि लाय्कूका प्राचार्य विद्यादेवी चित्रकार लगायतले साहित्य उत्थानमा सबैको योगदान आवश्यक रहेको बताउनुभयो । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार ०२:५८ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...