back
CTIZAN AD

एमालेले शनिबार गर्ने चियापानको यस्तो छ तयारी

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.1K 

shares

 

२८ असोज, काठमाडौँ। नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा यही असोज २९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

हाल धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालय अगाडि रहेको शङ्खपार्कमा मध्याह्न १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको व्यवस्थापन र सुरक्षाका लागि हिजो भएको बैठकपछि तयारी पूरा भएको सो पार्टीले जनाएको छ ।

पार्टीका सचिव योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत नेताले हिजो सुरक्षा निकाय र सम्बद्ध पक्षसँगको बैठक र चियापान स्थलको अवलोकन गर्नुभएको थियो । नेता श्रेष्ठका अनुसार कार्यक्रमस्थलको मूल प्रवेशद्वारमा राष्ट्रिय वेषभूषा झल्कने झाँकी प्रदर्शन हुनेछ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताले स्वागत गर्नुहुनेछ ।

त्यस्तै सञ्चारकर्मीका लागि तस्बिर लिनका लागि अलग्गै प्रबन्ध गरिएको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले आफू विपक्षी दलको नेता हुँदा सुरु गर्नुभएको चियापानलाई पार्टीले निरन्तरता दिँदै आएको छ । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार ०३:०० मा प्रकाशित

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...