back
CTIZAN AD

सिरियामा शुक्रबार पनि भीषण हवाई आक्रमण जारी

वि.सं.२०७३ असोज २८ शुक्रवार

903 

shares

२८ असोज, बैरुत । सिरियाको अलेप्पो सहरमा विद्रोहीको बलियो प्रभाव रहेका जिल्लालाई लक्ष्यगरी शुक्रबार पनि सिरिया र रसियाली युद्धकविमान आक्रमण भएको मानवअधिकारवादी समूहले जनाएको छ ।

दर्जनौको सङ्ख्यामा भएको यो हवाई आक्रमण विश्वका शक्तिराष्ट्रहरु सिरियामा पुनः युद्धविरामको विषयमा नयाँ वार्ताको तयारी गरिरहेको बेलामा भएको जनाइएको छ ।

सिरियामा गत तीनदिन यता रसिया र सिरिया सरकारआवद्ध हवाई आक्रमण जारी रहेको र यसमा परी दर्जर्नौको सङ्ख्यामा सर्वसाधारण मारिएका छन् ।

शुक्रबार पनि विहानैबाट नै हवाई आक्रमण सुरु भएको बेलायतसँग आवद्ध मानवअधिकारीवादी समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का प्रमुख रामी अब्देल रहमानले जानकारी दिनुभएको छ ।

यस आक्रमणबाट तत्काल मानवीय क्षतिको एकिन सङ्ख्या भने प्राप्त नभएको रामीले बताउनुभएको छ ।

सिरियाली र रसियाली सरकारी सैनिकले पूरा अलेप्पो सहर नियन्त्रणमा लिनको लागि गत सेम्टेम्बर २२ देखि सुरु गरेको भीषण कारबाहीमा परी ७० बालबालिकासहित ३७० व्यक्तिको मृत्यु भईसकेको छ । पूर्वी अलेप्पो सन् २०१२ बाट नै सिरियाली विद्रोही समूहले कब्जा लिएका थिए ।

गत मङ्गलबार विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा सात बालबालिकासहित ५६ व्यक्तिको मृत्यु भएको अब्जरभेटरीका प्रमुृख रामीले बताउनु भएको थियो । त्यसैगरी बुधबार भएको हवाई आक्रमणमा १५ सर्वसाधारणको मृत्यु भएको थियो ।

सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो ।

सो जनआन्दोलन केही समयपछि गएर गृहयुद्धमा परिणत भयो । सो गृहयुद्ध हालसम्म पनि जारी रहेको छ र यसमा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने, लाखौँ व्यक्ति घाइते भएका छन् ।

लाखौँ व्यक्ति आफ्नो घरवास छोडी देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य छन् । रासस÷एएफपी

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:४७ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...