Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

कोलम्बियामा विशाल जनप्रदर्शन



 २८ असोज,बोगोटा । वामपन्थी सशस्त्र विद्रोहीसँग विगतमा सम्पन्न शान्ति सम्झौता धरापमा नपरोस् भन्ने माग राखी कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रेका छन् ।

सशस्त्र विद्रोही दल रिभेल्युसनरि आम्र्ड फोर्सेस (फार्क)सँग सम्पन्न शान्ति सम्झौताविरुद्ध जाने जनमत सङ्ग्रहको परिणाम एउटा त्यान्द्रो भरमा मात्र झुन्डिएकोले सो स्वीकार गर्न नहुने माग राखी यसै हप्तामा दोस्रो पटक पनि प्रदर्शनकारीहरु सडकमा उत्रेका हुन् ।

बोगोटास्थित गरिएको यस प्रदर्शनको क्रममा दशकौंदेखि जारी लामो द्वन्द्वमा परी मारिएका आफ्ना आफन्तको तस्वीर र शान्तीको प्रतिक सेतो फूल बोकेका व्यक्ति जम्मा भएका बताइएको छ ।

कोलोम्बियामा ५२ वर्ष लामो यस द्वन्द्वमा परी करिब दुई लाख २० हजार व्यक्ति मारिएका छन् भने करिब ८० लाख व्यक्ति घरवार छोडी विस्थापित हुनुपरेको छ ।

यस वर्षको नोवेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोष दिइएको छ । कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यगरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उहाँलाई सो पुरस्कार दिइएको हो । रासस ÷एपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ