back
CTIZAN AD

कोलम्बियामा युद्धविराम अवधि लम्बिने

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.1K 

shares

२८ असोज, बोगोटा । राष्ट्रपति जुवाँ म्यानुएल सान्तोसले कोलम्बियाको सबभन्दा ठूलो सशस्त्र विद्रोही दल रिभेल्युसनरि आम्र्ड फोर्सेस ९फार्क० सँग भएको युद्धविराम सम्झौताको अवधि लम्ब्याउने घोषणा गर्नु भएको छ ।
राष्ट्रपति सान्तोसले पुरानो शान्ति सम्झौताको अवधि दुई महिना थप गरी ३१ डिसेम्बरसम्म पु¥याएको स्थानीय एक टेलिभिजन प्रसारणमार्फत् घोषणा गर्नु भएको हो ।
गत महिना विद्रोही दलसँग हस्ताक्षरित शान्ति सम्झौता जनताद्वारा अनुमोदित हुनु पर्ने प्रावधान रहे अनुसार केही हप्ता अघि जनमत सङ्ग्रह सम्पन्न गरिएकोमा झिनो मतको अन्तरले उक्त सम्झौता अस्वीकृत भएको थियो ।
सम्झौता अस्वीकृत भए तापनि राष्ट्रपतिको यस घोषणाबाट अब सरकार तथा विद्रोही दुबैले सोच विचार गरी उचित उपाय अवलम्बन गर्न थप समय पाउने र मुलुकमा स्थायी शान्ति बहालि हुने आशा जागेको छ ।
जनमत सङ्ग्रहको परिणामले शान्ति सम्झौता अस्वीकृत भए पनि सो सम्झौता तत्काल लागू गर्न राष्ट्रलाई दबाव दिने उद्देश्य राखी कोलम्बियाका विद्यार्थीहरुले देशभरी आन्दोलन तथा जन प्रदर्शन गर्दै आएका थिए ।
आन्दोलनरत विद्यार्थी नेताहरुसँगको छलफल पश्चात् राष्ट्रपतिले यस्तो मध्यमार्गी उपाय अपनाउनु भएको छ ।
“जनमत संग्रहको परिणाम नै उपायरहित वा अन्तिम बिकल्प होइन भन्ने सबैलाई प्रष्ट होस् । यस वर्षको अन्त्यसम्ममा देशमा स्थायी शान्ति स्थापना भै सकोस्, युद्धको निरन्तरताबाट होइन अन्त्यबाट मात्र राष्ट्रसेवक सैनिक तथा विद्रोही गुरिल्लाको जीवनरक्षा सम्भव छ ।
शान्तिलाई स्वागत गर्ने अवसर नत्यागौं, युद्धलाई बहिष्कार गरौं यही नै समयको माग हो” राष्ट्रपतिको सो घोषणामा प्रसारण गरिएको छ ।
यस वर्षको नोवेल शान्ति पुरस्कारबाट विभूषित राष्ट्रपति सान्तोस वर्तमानमा प्रतिपक्षी दल, सशस्त्र विद्रोही तथा सरकारबीच परिणाममुखी वार्ता गराउने त्रिपक्षीय चेपुवामा पर्नु भएको छ ।
जनमत सङ्ग्रहको परिणामद्वारा अस्विकृत शान्ति सम्झौताको वलिष्ठ विकल्प र देशमा स्थायी शान्ति कायम गराउने अचूक उपायको खोजीमा उहाँ दिनरात लागिपर्नु भएको जनाइएको छ । रासस ÷एपी

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:४५ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...