back

सिरियामा शुक्रबार पनि भीषण हवाई आक्रमण जारी

वि.सं.२०७३ असोज २८ शुक्रवार

393 

shares

२८ असोज, बैरुत । सिरियाको अलेप्पो सहरमा विद्रोहीको बलियो प्रभाव रहेका जिल्लालाई लक्ष्यगरी शुक्रबार पनि सिरिया र रसियाली युद्धकविमान आक्रमण भएको मानवअधिकारवादी समूहले जनाएको छ ।

दर्जनौको सङ्ख्यामा भएको यो हवाई आक्रमण विश्वका शक्तिराष्ट्रहरु सिरियामा पुनः युद्धविरामको विषयमा नयाँ वार्ताको तयारी गरिरहेको बेलामा भएको जनाइएको छ ।

सिरियामा गत तीनदिन यता रसिया र सिरिया सरकारआवद्ध हवाई आक्रमण जारी रहेको र यसमा परी दर्जर्नौको सङ्ख्यामा सर्वसाधारण मारिएका छन् ।

शुक्रबार पनि विहानैबाट नै हवाई आक्रमण सुरु भएको बेलायतसँग आवद्ध मानवअधिकारीवादी समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का प्रमुख रामी अब्देल रहमानले जानकारी दिनुभएको छ ।

यस आक्रमणबाट तत्काल मानवीय क्षतिको एकिन सङ्ख्या भने प्राप्त नभएको रामीले बताउनुभएको छ ।

सिरियाली र रसियाली सरकारी सैनिकले पूरा अलेप्पो सहर नियन्त्रणमा लिनको लागि गत सेम्टेम्बर २२ देखि सुरु गरेको भीषण कारबाहीमा परी ७० बालबालिकासहित ३७० व्यक्तिको मृत्यु भईसकेको छ । पूर्वी अलेप्पो सन् २०१२ बाट नै सिरियाली विद्रोही समूहले कब्जा लिएका थिए ।

गत मङ्गलबार विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा सात बालबालिकासहित ५६ व्यक्तिको मृत्यु भएको अब्जरभेटरीका प्रमुृख रामीले बताउनु भएको थियो । त्यसैगरी बुधबार भएको हवाई आक्रमणमा १५ सर्वसाधारणको मृत्यु भएको थियो ।

सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो ।

सो जनआन्दोलन केही समयपछि गएर गृहयुद्धमा परिणत भयो । सो गृहयुद्ध हालसम्म पनि जारी रहेको छ र यसमा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने, लाखौँ व्यक्ति घाइते भएका छन् ।

लाखौँ व्यक्ति आफ्नो घरवास छोडी देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य छन् । रासस÷एएफपी

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:४७ मा प्रकाशित

GLOBAL IME AD
उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

जकार्ता । फिलिपिन्सले उसागी नाम दिइएको बिनाशकारी आँधीको चेतावनीपछि बिहीबार...

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

तेहरान । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुभन्दा केही...

ज्वालामुखी विस्फोटका कारण अवरुद्ध बालीका उडान सेवा पुनः सञ्चालनमा

ज्वालामुखी विस्फोटका कारण अवरुद्ध बालीका उडान सेवा पुनः सञ्चालनमा

जकार्ता । ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा...

अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपति निर्वाचित ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता

अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपति निर्वाचित ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय...

ट्रम्पको सजाय नोभेम्बर १९ सम्मका लागि स्थगित

ट्रम्पको सजाय नोभेम्बर १९ सम्मका लागि स्थगित

न्युयोर्क । डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको...

ठूला नामहरूले शिखर सम्मेलन छाड्दा अजरबैजान कोप२९ मा जीवाश्म इन्धनको पक्षधर

ठूला नामहरूले शिखर सम्मेलन छाड्दा अजरबैजान कोप२९ मा जीवाश्म इन्धनको पक्षधर

बाकु । अजरबैजानमा मङ्गलबार भएको संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनको...