Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

स्रष्टाको कलम राष्ट्रियताको पक्षमा निर्भिकताका साथ चल्नुपर्छः थापा



shuvakamana1
पद्मिनी थापा, २९ असोज, टीकापुर । आख्यानकार गगनसिंह थापाले कला, संस्कृति र साहित्य समाजको ऐना मात्र नभइ विकास र सभ्यताको जग पनि भएको बताएका छन् ।
आख्यानकार थापाले सो कुरा सुदूरपश्चिमाञ्चल गजल मञ्चद्वारा २७ असोजका दिन टीकापुरमा आयोजित दशैं तथा दीपावलीका अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम बोल्दै बताएका हुन् ।
प्रमुख अतिथि थापाले साहित्यमा व्यक्ति र व्यवस्थाको गाथा नगाइ आत्माबाट उब्जिने भावना र समाजमा घटित यथार्थताको चित्रण गर्न सक्नु नै स्रष्टाको कलमप्रतिको इमान्दारिता हो भनेका छन् ।
उनले राष्ट्रियता सङ्कटमा परेका बखत स्रष्टाका कलम निर्भीकता साथ सशक्त ढङ्गले चल्नु पर्ने आवश्यकता औल्याएका छन् ।
सोही कार्यक्रममा बोल्दै विशिष्ट अतिथि महानन्द ढकालले भाषा साहित्यको विकासमा सुदूरपश्चिमको पनि महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै मदन पुरस्कार जित्न सफल ऐना, छापामारको छोरा र खुशी यसकै उपज हुन् भनेका छन् ।
सोही कार्यक्रममा बोल्दै हाम्रो जन सन्देशका प्रकाशक÷सम्पादक एवं रेडियो नमस्ते ९६।५ मेघाहर्जका प्रबन्ध निर्देशक कर्ण कुँवरले शुभकामना दिदैं जसका लागि लेखिन्छ उनीहरूसम्म सिर्जना पुग्नका लागि स्रष्टा र सञ्चारकर्मीहरू समन्वय र परस्पर सहयोग हुनु पर्नेमा जोड दिएका छन् ।
केही पाउनका लागि भन्दा पनि समाज परिवर्तनका लागि चल्ने स्रष्टाका कलमबाट सिर्जित भावनालाई गाउँवस्तीसम्म पु¥याउन स्रष्टापनि क्रियाशील हुनु पर्नेमा प्रबन्ध निर्देशक कुँवरको जोड थियो ।
मञ्चका अध्यक्ष अशोक बोहरा ‘असीम पीडा’को सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा काशीराम ढुङ्गाना ‘कुर्ले ढुकुर’ रावल कृष्ण, अवि अजनवी, शङ्कर शर्मा, सुशील ओझा, टोपेन्द्र शाह ‘रसिक’ माधवी घर्ती मगर, अनुपमा कडारा, धीरज त्रिवेणी, रजनी भण्डारी, प्रभात तिमिल्सिना, बाबु देवकोटा, नवराज रिमाल, रामबहादुर थापा, बालकुमारी पौडेल, दीपक शिक्षित, धर्मराज देवकोटा, जेवी अनुरागी, हुकुम धड्कनलगायतका डेढ दर्जन बढी स्रष्टाहरूले गीत, गजल, मुक्तक, कविता वाचन गरेका थिए भने कार्यक्रममा स्वागत मञ्चकी सदस्य समिपा शाह र प्रकाश धामीले सञ्चालन गरेका थिए ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी