back
CTIZAN AD

स्रष्टाको कलम राष्ट्रियताको पक्षमा निर्भिकताका साथ चल्नुपर्छः थापा

वि.सं.२०७३ असोज २९ शनिवार

1.2K 

shares

shuvakamana1
पद्मिनी थापा, २९ असोज, टीकापुर । आख्यानकार गगनसिंह थापाले कला, संस्कृति र साहित्य समाजको ऐना मात्र नभइ विकास र सभ्यताको जग पनि भएको बताएका छन् ।
आख्यानकार थापाले सो कुरा सुदूरपश्चिमाञ्चल गजल मञ्चद्वारा २७ असोजका दिन टीकापुरमा आयोजित दशैं तथा दीपावलीका अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम बोल्दै बताएका हुन् ।
प्रमुख अतिथि थापाले साहित्यमा व्यक्ति र व्यवस्थाको गाथा नगाइ आत्माबाट उब्जिने भावना र समाजमा घटित यथार्थताको चित्रण गर्न सक्नु नै स्रष्टाको कलमप्रतिको इमान्दारिता हो भनेका छन् ।
उनले राष्ट्रियता सङ्कटमा परेका बखत स्रष्टाका कलम निर्भीकता साथ सशक्त ढङ्गले चल्नु पर्ने आवश्यकता औल्याएका छन् ।
सोही कार्यक्रममा बोल्दै विशिष्ट अतिथि महानन्द ढकालले भाषा साहित्यको विकासमा सुदूरपश्चिमको पनि महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै मदन पुरस्कार जित्न सफल ऐना, छापामारको छोरा र खुशी यसकै उपज हुन् भनेका छन् ।
सोही कार्यक्रममा बोल्दै हाम्रो जन सन्देशका प्रकाशक÷सम्पादक एवं रेडियो नमस्ते ९६।५ मेघाहर्जका प्रबन्ध निर्देशक कर्ण कुँवरले शुभकामना दिदैं जसका लागि लेखिन्छ उनीहरूसम्म सिर्जना पुग्नका लागि स्रष्टा र सञ्चारकर्मीहरू समन्वय र परस्पर सहयोग हुनु पर्नेमा जोड दिएका छन् ।
केही पाउनका लागि भन्दा पनि समाज परिवर्तनका लागि चल्ने स्रष्टाका कलमबाट सिर्जित भावनालाई गाउँवस्तीसम्म पु¥याउन स्रष्टापनि क्रियाशील हुनु पर्नेमा प्रबन्ध निर्देशक कुँवरको जोड थियो ।
मञ्चका अध्यक्ष अशोक बोहरा ‘असीम पीडा’को सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा काशीराम ढुङ्गाना ‘कुर्ले ढुकुर’ रावल कृष्ण, अवि अजनवी, शङ्कर शर्मा, सुशील ओझा, टोपेन्द्र शाह ‘रसिक’ माधवी घर्ती मगर, अनुपमा कडारा, धीरज त्रिवेणी, रजनी भण्डारी, प्रभात तिमिल्सिना, बाबु देवकोटा, नवराज रिमाल, रामबहादुर थापा, बालकुमारी पौडेल, दीपक शिक्षित, धर्मराज देवकोटा, जेवी अनुरागी, हुकुम धड्कनलगायतका डेढ दर्जन बढी स्रष्टाहरूले गीत, गजल, मुक्तक, कविता वाचन गरेका थिए भने कार्यक्रममा स्वागत मञ्चकी सदस्य समिपा शाह र प्रकाश धामीले सञ्चालन गरेका थिए ।

वि.सं.२०७३ असोज २९ शनिवार ०३:५८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...