Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

हिल्सा नाका पुनःसञ्चालन हुन नसकेकामा चिन्ता



३० असोज,काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले विकास निर्माण र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोक्रममा नेकपा (माओवादी केन्द्र) का रामनारायण बिंडारीले जलविद्युत् आयोजनाको उदाहरण दिँदै मुलुकको विकासको गति अपारदर्शी र अदूरदर्शी भएको बताउनुभयो ।

नेकपा (एमाले) का रामवीर मानन्धरले काठमाडौँ उपत्यकाको सवारी चापको व्यवस्थापनका लागि सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका रामहरि खतिवडाले ओखलढुङ्गाका सडक र विभिन्न पुलको मर्मत गर्न माग गर्नुभयो ।

नेकपा (एमाले) का रामेश्वर फुयाँलले चाबहिल–साँघु सडक चाँडो बनाउन माग गर्नुभयो ।

नेपाली काँग्रेसका रीता शाहीले हुम्लाको हिल्सा नाका हालसम्म पुनःसञ्चालन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

सांसद ललितजङ्ग शाहीले प्रा डा गोविन्द केसीसँग विगतमा भएको सम्झौता लागू गराउन माग गर्नुभयो । सांसद रामदुलारी चौधरी, रेशमबहादुर बानियाँ र रामबहादुर रावलले पनि आफ्ना क्षेत्रका जनचासोबारे बोल्नुभएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम