back
CTIZAN AD

हिल्सा नाका पुनःसञ्चालन हुन नसकेकामा चिन्ता

वि.सं.२०७३ असोज ३० आइतवार

1.1K 

shares

३० असोज,काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले विकास निर्माण र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोक्रममा नेकपा (माओवादी केन्द्र) का रामनारायण बिंडारीले जलविद्युत् आयोजनाको उदाहरण दिँदै मुलुकको विकासको गति अपारदर्शी र अदूरदर्शी भएको बताउनुभयो ।

नेकपा (एमाले) का रामवीर मानन्धरले काठमाडौँ उपत्यकाको सवारी चापको व्यवस्थापनका लागि सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका रामहरि खतिवडाले ओखलढुङ्गाका सडक र विभिन्न पुलको मर्मत गर्न माग गर्नुभयो ।

नेकपा (एमाले) का रामेश्वर फुयाँलले चाबहिल–साँघु सडक चाँडो बनाउन माग गर्नुभयो ।

नेपाली काँग्रेसका रीता शाहीले हुम्लाको हिल्सा नाका हालसम्म पुनःसञ्चालन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

सांसद ललितजङ्ग शाहीले प्रा डा गोविन्द केसीसँग विगतमा भएको सम्झौता लागू गराउन माग गर्नुभयो । सांसद रामदुलारी चौधरी, रेशमबहादुर बानियाँ र रामबहादुर रावलले पनि आफ्ना क्षेत्रका जनचासोबारे बोल्नुभएको थियो । रासस

वि.सं.२०७३ असोज ३० आइतवार ०८:१२ मा प्रकाशित

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...