back

जुलाईमा ७३ हजार २८५ विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति आए त ?

वि.सं.२०७५ भदौ १ शुक्रवार

459 

shares
GLOBAL IME AD
NTC AD


१ भदौ, काठमाडौँ । सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महीनाको तुलनामा पर्यटक आगमन ७३.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सो महिनामा ४२ हजार २४० जनाले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१८ को सात महीनामा पाँच लाख ९३ हजार २९९ जनाले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढी हो । पर्यटक आवागमनको याम नहुँदासमेत बोर्डले प्रचारात्मक र प्रवद्र्धनात्मक अभियानलाई बढावा दिएका कारण पर्यटकको आवागमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा गत वर्षको सोही महीनाको तुलनामा ८०.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) क्षेत्रका मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा ६६.१ प्रतिशतले वृद्धि भएको छ । चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा समेत गत वर्षको सोही महीनाको तुलनामा १२५.४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै दक्षिण कोरियाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा २१.९ प्रतिशत र जापानबाट आउनेको सङ्ख्यामा ३६ प्रतिशतले वृद्धि भएको छ । जोशीका अनुसार बङ्गलादेशबाट एक हजार ४१०, भारतबाट १८ हजार ३८५, श्रीलङ्काका एक हजार ४५७, पाकिस्तानबाट ३९७, चीनबाट १३ हजार १२३, जापानबाट एक हजार २८४, मलेसियाबाट एक हजार १९३, सिङ्गापुरबाट ३३१, दक्षिण कोरियाबाट दुई हजार ४१५, थाइल्याण्डबाट ८७२, क्यानडाबाट ९२१ तथा अमेरिकाका छ हजार ९५७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डले अध्यागमनमा दर्ता भएको तथ्याङ्कका आधारमा पछिल्लो तथ्याङ्क उपलब्ध गराएको हो । विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेका कारण पर्यटन आवागमनमा वृद्धि भएको जोशीको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । नेपाल भ्रमण वर्षको सचिवालयले आवश्यक तयारीसमेत गरिसकेको छ ।

पर्यटन प्रवद्र्धनका लागि बोर्डले १०० भन्दाबढी पर्यटकीय गन्तव्यको पहिचान गर्न सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिसकेको छ । सरकारले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउन आवश्यक रणनीति बनाएको छ ।

वि.सं.२०७५ भदौ १ शुक्रवार १७:१४ मा प्रकाशित

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

  सुन्दरकुमार थकाली/मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल...

यसवर्षको सर्वोच्च शिखर आरोहण सुरु, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

यसवर्षको सर्वोच्च शिखर आरोहण सुरु, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

सिबी अधिकारी, काठमाडौँ । “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने...

अर्थमन्त्री र काँग्रेस सभापतिबिच आगामी बजेटबारे छलफल

अर्थमन्त्री र काँग्रेस सभापतिबिच आगामी बजेटबारे छलफल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति...

अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक भित्रिए

अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा...

आकर्षणको केन्द्र बन्दै छहरे झरना

आकर्षणको केन्द्र बन्दै छहरे झरना

ढोरपाटन (बागलुङ) । बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा...

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने

काठमाडौँ । सार्वजनिक-निजी साझेदारी (पिपिपी) अवधारणामा पूर्वाधार विकासका क्षेत्रमा महत्वाकाङ्क्षी...