back
CTIZAN AD

समाजसेवी थापा दम्पत्तीद्धारा कुमारको उद्धारका लागि २ लाख सहयोग

वि.सं.२०७५ भदौ १ शुक्रवार

786 

shares

अमेरिकामा रहेका समाजसेवी दम्पत्ति हेम थापा र माया थापाले साउदीको जेलमा सजाय भोगिरहेका कुमार रानाको उद्धारका लागि २ लाख सहयोग गरेका छन् ।

सडक दुर्घटनामा साउदी नागरिकलाई घाइते बनाएको मुद्दामा उनी झण्डै डेढवर्षदेखि साउदीको जेलमा रहेका छन् ।
रानालाई जेलबाट निकाल्नका लागि २ लाख ९४ हजार साउदी रियाल आवस्यक परेको हुनाले सबैलाई सहयोग गर्न कुमारकी श्रीमती अम्बिका राना मगरले बताएकी छन् । कुमारलाई जेलबाट रिहा गर्नका लागि भन्दै तेह्रथुम जिल्ला मोराहाङ ९ सिकदेम घर भइ हाल अमेरिकामा रहेका थापा दम्पत्तीले सहयोग गरेका हुन् ।

उक्त रकम विहिबार एविसी टेलिभिजनद्धारा सञ्चालित इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेल, रानाकी श्रीमती तथा थापा दम्पत्तीका तर्फबाट छत्र लकाई खड्काले उक्त रकम हस्तान्तरण गरेको बताइएको छ ।

सोहि अवसरमा दुवै मिर्गौला फेल भएका रौतहटका नन्द किशोर यादवको उपचारका लागि पनि २० हजार र इन्द्रेणी कार्यक्रमका लागि रु १० हजार रुपैयाँ गरेर जम्मा २ लाख ३० हजार रुपैयाँ सहयोग गरिएको थापाले संसारन्युजलाई बताएका छन् । थापा दम्पत्तिले यस अघि पनि साउदीको जेलमा रहेका प्रेम कुमार राईको रिहाइका लागि ५ लाख रुपैयाँ सहयोग गरेका थिए । हाल प्रेम राई नोपल फर्किसकेका छन् ।

वि.सं.२०७५ भदौ १ शुक्रवार १५:२५ मा प्रकाशित

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...