back
CTIZAN AD

एनआरएनए पपुवा न्यू गिनीले मनायो दसैं (तस्बिरसहित)

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.4K 

shares

papuwa-1
गैरआवासीय नेपाली संघ (एनआरएनए) पपुवा न्यू गिनीले हिन्दु नेपालीहरुको महान पर्व दसैं धुमधामले मनाएको छ ।
पपुवा न्युगिनीमा लामो समय विताएका जेष्ठ सदस्यहरु किशोर सिन्हा र कमल तन्डुकारलाई विशेष स्वागत तथा सम्मान गरिएको उक्त दसैं कार्यक्रममा एनआरएनए पपुवा न्युगिनीका अध्यक्ष राज बहादुर शाहीको सभापतित्व रहेको थियो ।

papuwa-3
त्यसैगरी कार्यक्रममा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय पपुआ न्यू गिनीका प्रमुख केदार पौडेल, पपुवा न्युगिनीका लागि एसियन डेभलपमेन्ट बैंक (एडिभी) का चिफ अफ इकोनोमिस्ट कन्ट्री डाइरेक्टर तथा रेसिडेन्ट मिशन डा. युरेन्द्र बस्नेत, पपुवान्युगिनीका लागि युनिशेफका शिक्षा विज्ञ शिवलाल भुसाल, पपुवा न्युगिनीका लागि युएनका चिफ सेक्युरेटी एडभाइजर विजय शाह र फेमली हेल्थ इन्टरनेशनल (एफएचआई) का कन्ट्री फाइनान्स डाइरेक्टर प्रवेश अर्यालको आतिथ्यता तथा एनआरएनए पपुवा न्यू गिनीका महासचिव राज तिरुवा, सदस्य नारायण भण्डारी, पोसिङ पुन र एनआरएनए पदाधिकारीहरुको उपस्थितिमा दसैं कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको अध्यक्ष राज बहादुर शाहीले संसारन्युज डटकमलाई बताउनु भएको छ ।

papuwa1-2
कार्यक्रममा अध्यक्ष शाहीले आगामी दिनमा पपुवान्युगिनीका समुदायबीच नेपाली कला संस्कृति झल्काउने कार्यक्रमहरु गरेर उनीहरुका बीचमा नेपाल चिनाउने काममा सक्रिय भएर लाग्ने बताउनु भएको थियो ।

papuwa1-1

papuwanew

1

वि.सं.२०७३ कात्तिक १ सोमवार ११:४४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...