शाब्दिक अर्थ मर्म र राष्ट्रिय अन्तराष्ट्रिय कानुनको सिमा भित्र बस्ने हो भने यो नेपाली साहित्यिक समाज हो, अन्तराष्ट्रिय हुँदै होइन । हिजो पनि राष्ट्रिय थियो आज पनि राष्ट्रिय छ र भोलि पनि जब सम्म अन्य देशका भाषा र साहित्य का सस्था वा नागरिक यो सस्थामा सहभागी वा आबद्ध हुँदैनन्
नेपाली साहित्य समाज वा अमेरिकी नेपाली साहित्य समाज वा कथित् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ? जन्मेको २७ बर्ष भयो नाममा अझै बहस उदेक लाग्दो होइन त् ?
यो नेपाली साहित्य समाजमा जब जब केन्द्रिय पदाधिकारीहरुको निर्वाचन आउँछ तब तब यो सस्थाका महारथी व्यक्तित्वहरु टुकुचामा पौडी खेल्ने प्रतियोगिता गर्नु हुन्छ । यो एउटा अपरिबर्तनीय संस्कार नै बनेर स्थापित भएको छ ।
यो लेखक पनि २००३ देखि यो प्राज्ञिक सस्थामा आजीवन सदस्यको हैसियतमा सहभागिता जनाई रहेको छ । र धेरै पटक यस्तै टुकुचे पौडी प्रतियोगितामा मध्यस्तताको भूमिका निर्वाह गर्न घचेटिएको छु । स्वयमलाई टुकुचामा तान्ने प्रयास हुँदा त्रासले २०१० देखि आफुलाइ यो प्राज्ञिक सस्थामा अयोग्य एबम अदक्ष घोषणा गरि टाढै बसेको छु । आजीवन सदस्यताबाट बर्खास्त गरि पाउ भन्दा सुनुवाई न भएको हुँदा नचाहेर पनि जब जब निर्वाचन आउछ टुकुचे प्रतियोगिता हुन्छ र म पनि तानिने गरेको छु अझै ……..
समष्टिमा भन्नु पर्दा हालै सम्पन्न निर्वाचनमा पहिले जस्तो त् त् र म म को सतहमा उक्लेर बार्तालाप भने भएन । यस पटक धेरै हदसम्म सम्हालिएको वा समझदारी देखाइएको महसुस भएको छ सायद सुरुमै केहि आदरणीय साहित्यिक व्यक्तित्वहरुको विनम्रता पुर्बक खबरदारी पाएर हुनुपर्छ ।
यो निर्वाचनमा उठेको वा उठाइएको मूल प्रश्न यो सस्था राष्ट्रिय बनाउने कि अन्तराष्ट्रिय ? यो सस्था जन्मेको २७ बर्ष सम्म लिङ्ग खुलाउन नसकिएको वा न खुलेको हो त् ? यो सस्थामा लामो समय बसेर हिजोसम्म लिङ्ग छुट्याउने प्रयास नहुनु निर्वाचनको मुखमा उठ्नु ? प्रश्न सस्थाको स्वार्थमा उठ्यो वा उठाइयो वा अमुक व्यक्तित्वको स्वार्थमा रुनिर्वाचनको परिणाम आइसकेको छ र यो सस्था राष्ट्रिय हो भन्ने शन्देश वा जवाफ पनि दिएको छ । कुरो कोट्याउनु नै पर्ने हुन्छ यो सस्थामा सहभागी धेरै अमुक व्यक्तित्वहरु नेपालमा हुँदा यहि सस्थालार्इ अन्तराष्ट्रिय भन्दै सम्मान गर्दै यसै सस्थाको बैशाखीमा अमेरिका यूरोप लगायत धेरै देशमा पलायन भए के नेपाल के सिक्किम के भुटान के दार्जिलिङ्ग का राष्ट्रिय ? नेपालीभाषीहरुले भरपुर सदुपयोग र मनोरंजन गर्दै आए आउने नै छन् । यात्रीहरुको र सहजकर्ताको लामो सुची सुरक्षित छ …….।
राष्ट्रिय वा अन्तराष्ट्रिय…? चिरफार ….।
शाब्दिक अर्थ मर्म र राष्ट्रिय अन्तराष्ट्रिय कानुनको सिमा भित्र बस्ने हो भने यो नेपाली साहित्यिक समाज हो, अन्तराष्ट्रिय हुँदै होइन । हिजो पनि राष्ट्रिय थियो आज पनि राष्ट्रिय छ र भोलि पनि जब सम्म अन्य देशका भाषा र साहित्य का सस्था वा नागरिक यो सस्थामा सहभागी वा आबद्ध हुँदैनन् ।अन्तर्राष्ट्रिय को सामान्य अर्थ हो बिबिध देशको सहभागिता वा आबद्धता यो २७ वर्षमा यो सस्थामा अन्य कुनै देशको भाषा साहित्य सहभागी भएको छ र ? नेपाली नेपाली कसरि अन्तर्राष्ट्रिय हुन्छ ? अन्तर्राष्ट्रियको टोपी लगाई दिंदैमा अन्तर्राष्ट्रिय हुँदैन जसरि एक बिदेशीलाइ नेपाली टोपी लगाई दिंदैमा उ नेपाली नागरिक हुन् सक्दैन ।अझ केहि अमुक व्यक्तित्व हरु यो साहित्यिक सस्थालाइ डायोस्पोरिक समेत भन्ने गर्दछन यस्तो महाभूल न बोल्न न लेख्न धेरै बिध्वान अग्रजहरुले अस्विकार गर्दै खबरदारी गरि सक्नुभएको छ मैले कारण दोहोर्याई रहनु पर्दैन ।
अमेरिकाको NGO दर्ता (501C) अन्तर्गत भएको सस्था अमेरिकी नेपाली साहित्यिक सस्था मात्र हो अन्तराष्ट्रिय हुँदैन । एक त् माथि भने झैँ अन्य राष्ट्रको भाषा साहित्य सस्था वा व्यक्तित्व को सहभागिता हुनु पर्यो दोस्रो नेपाल लगायत अन्य देशमा यो सस्था INGO अन्तर्गत दर्ता हुनु पर्थ्यो अन्यथा कानुनत अमेरिका बाहेक अन्य देशको INLS को आबद्धता अबैध छ । त्यस कारणले पनि यो सस्था अमेरिकाको राष्ट्रिय नेपाली साहित्यिक समाज हो । कुन अर्थ र कुन दायरामा यो सस्थालाइ अन्तराष्ट्रिय भन्ने ?
निर्वाचनको मुखमा अमुक व्यक्तित्वको स्वार्थ र अमुक व्यक्तित्व को बिरोधमा लक्षित यो प्रश्न उठाउनु भन्दा पहिले नेपाल वा अन्य देशमा रहेका नेपालीभाषी साहित्यिक व्यक्तित्वहरुलाइ विधानमा उल्लेख गरि स्पस्ट भन्नु पर्थ्यो ।
१ तपाइँ यो सस्थाको नेपाल वा अन्य देशको प्रशाखाको पदाधिकारी बाहेक अमेरिकामा रहेको केन्द्रिय समितिको कुनै पदाधिकारी बन्न पाउनु हुने छैन ।
२ अमेरिकी मुद्रामा वा सो बराबर सदस्यता सुल्क लिने सस्थाले पहिलेनै भन्नु पर्थ्यो कि यो सस्था मार्फत अन्य मुलुक भ्रमण गर्न पाइने छैन वा केन्द्रले अन्य मुलुकका नेपाली भाषी साहित्यिकलाइ अमेरिकामा निमन्त्रणा गरिने छैन ।
३ केन्द्रको अन्य पदमा जुन देशकोलाइ पनि हार्दिकतापुर्बक रातो कार्पेट ओछ्याउने अनि कुनै अमुक पदमा प्रतिस्पर्धा हुने अवस्था आएपछी राष्ट्रिय वा अन्तर्राष्ट्रियको प्रश्न तेर्स्याउनु प्राज्ञिकता ? त्यो पनि दशकौ अन्तर्राष्ट्रिय सस्था भन्दै बिबिध सुबिधा र सहजता उपलब्ध पश्चात मात्र एउटा प्रतिष्पर्धाको शंदर्भलाइ मात्र जोडेर ?
नवनिर्वाचित पदाधिकारीहरुले अब स्पस्ट रुपमा बिधि बिधान परिमार्जित गरुन यो नेपाली साहित्यिक समाज सस्थाको लिङ्ग स्पस्ट परिभाषित गरुन राष्ट्रिय नेपाली साहित्यिक समाजका नव निर्वाचित पदाधिकारीहरुमा हार्दिक शुभकामना सहित ।
वि.सं.२०७५ भदौ १५ शुक्रवार १०:२९ मा प्रकाशित