कोरियामा रहनु भएका सम्पूर्ण नेपाली समुदायलाई बुद्ध प्रतिमा स्थापना अभियान सचिवालय समिति संयोजक अन्जु केसीले अनुरोध गरेकी छन् । बुद्ध प्रतिमा स्थापना अभियान २०१८ को विस्तृत विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थिति भैदिनका लागि केसीले अनुरोध गरेकी छन् । गत मे मा नेपाल सम्पर्क समिति दक्षिण कोरियाको संयोजन र नेपाल बौद्ध परिवाार दक्षिण कोरियाको सहकार्यमा बुद्ध प्रतिमा स्थापना अभियानले वाङ्छाओ क्षेत्रमा बुद्ध प्रतिमा स्थापना गरेको छ ।
अभियानले उक्त बुद्ध प्रतिमा स्थापना बारे विवरण सार्वजनिक गर्न निम्न स्थान, मिति र समयमा पत्रकार सम्मेलनको आयोजना गर्ने जानकारी सचिवालय संयोजक केसीले दिएकी छन् ।
कार्यक्रम हुने स्थान : नेपाल हाउस, सउल कोरिया
मिति : २ सेप्टेम्बर २०१८
समय : दिनको ठीक १२ बजे ।
वि.सं.२०७५ भदौ १५ शुक्रवार १०:११ मा प्रकाशित































