back
CTIZAN AD

युकेका नेपालीको आवाज, प्रदेश न १ को नाम लिम्बुवान राख्न माग

वि.सं.२०७५ भदौ १५ शुक्रवार

798 

shares

प्रेदश नं १ घर भै हाल युकेमा बस्ने नेपालीहरुले प्रदेश १ को नाम लिम्बुवान राख्न माग गरेका छन् । गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको हो ।

नेपालको नयाँ संरचना अन्तर्गतको ७ प्रदेशहरु मध्ये प्रदेश न १ को सम्बन्धमा चुम्लुङले भनेको छ – सबैभन्दा पछिल्लो समय सम्म स्वतन्त्र राज्यको रुपमा रहेको र स्वायत्त लिम्बुवान रहने गरि गोर्खा राज्य संग सम्झौता गरि नेपालमा जोडिएको ताजा इतिहासलाई सम्मान गर्दै, ऐतिहासिक आधारमा प्रदेश न। १ को नाम ‘लिम्बुवान“ वा ‘लिम्बुवान किरात“ राख्नु पर्दछ । देशविदेश र संयुक्त राष्ट्रसङ्घमा समेत लिम्बुवानको मुद्धा एवं पहिचान स्थापित भईसकेको कारण स्थायी शान्ति, समृद्धिको निम्ति सरकार तथा सम्बन्धित निकायले प्रदेश न १ को नामावली लिम्वुवान प्रदेश नै हुनुपर्ने बताएको छ । र, लिम्बुवान प्राप्तिको आन्दोलन सयौ बर्ष सम्म चलिरहने प्रतिबद्धता पनि विज्ञप्तिमा दोहयाएका छन ।

पहिचानको मुद्धामा एकपछि अर्को गर्दै गलत कार्य र बेइमानी थप्ने काम अहिलेको सरकारबाट भईरहेको भएपनि प्रदेश न १ को नामाङ्कनको सम्बन्धमा सरकारबाट पुनः गलत निर्णय नहोस भनी सावधान गराएका छन् । त्यस्तैगरि मुलुकी संहिता २०७४ मा गोरुगाई मारेकोमा ३ बर्ष कैद सजायको बारेमा पनि विज्ञप्ति मार्फत विरोध जनाएका छन ।

 

वि.सं.२०७५ भदौ १५ शुक्रवार ०९:४५ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...