Logo
१८ आश्विन २०७९, मंगलवार
     Tue Oct 4 2022
E-paper
  English Edition
   Unicode
Logo

बुम रेमिट र भिबोर सोसाइटी बैंकबीच सम्झौता



आकाश घिमिरे

boom-and-vibor

२ कार्तिक, काठमाडौँ। भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि. बिच रेमिट सम्झौता भएको छ । उक्त सम्झौतामा बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्न गरिने जनाइएको छ । उक्त सम्झौतापत्रमा भिवोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र बुम रेमिट्यान्स प्रा.लि.का तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।
हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ भने चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
बुम रेमिटको आन्तरिक संजालका साथै विदेशमा पनि आफनो संजाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहकार्य गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमिट हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ्ग साक्षरता कार्यक्रम गर्दै आएको जानकारी दिँदै प्रबन्ध निर्देशक पन्तले “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सम्बन्धि गलत सूचनाको चितवनका

सुदूरपश्चिम । बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने

‘टिकेट नलगीकन जानै भाको छैन, दशैका बेला नेताहरु फुर्सद होलान र दर्शन पाईएला भनेर