Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

अख्तियार प्रमुख कार्कीलाई पत्रिकामार्फत म्यादको सूचना दिने तयारी, कार्की परिवारको अवरोध



२ कार्तिक, काठमाडौँ। नियुक्ति वैधानिकताबारे जवाफ लेख्न सर्वोच्च अदालतले दिएको आदेशको म्यान बुझ्न अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र उनका परिवारले अस्वीकार गरेपछि सर्वोच्च अदालतले सार्वजनिक सञ्चामार्फत सूचना निकाल्ने तयारी थालेको छ ।
म्यान बुझाउन पुगेको सर्वोच्च अदालतको टोलीलाई तेस्रोपटक पनि स्थानीय र कार्कीका आफन्तले अवरोध गरेपछि अदालत सार्वजनिक सञ्चारमाध्यममा ३५ दिने सूचना निकाल्ने तयारीमा जुटेको हो ।
सोमबार तेस्रो पटक म्याद तामेलको प्रयासमा पनि वडा कार्यालय, घर बहालमा लिएर बस्ने व्यक्ति तथा कार्कीका आफन्तले असहयोग गरेपछि पत्रिकामा सूचना निकालेर म्यादको सूचना दिने तयारीमा जुटेको अदालत प्रशासन स्रोतले बतायो ।
उनको नियुक्तिलाई चुनौती दिँदै दायर रिट निवेदनलाई पुनः सुनुवाई गर्ने आदे दिँदै अदालतले कार्कीसँग लिखित जवाफ मागेको थियो । अदालतको आदेशअनुसार बानेश्वरस्थित कार्की निवासमा पुगेको सर्वोच्चको टोलिलाई सोमबार पनि अवरोध गरिएको हो । कार्कीको घरमा भाडा लिएर बस्ने व्यक्ति र कार्कीका नातेदारले अदालतको म्याद टाँस गर्न नदिएपछि तामेलीका लागि पुगेको टोलि म्याद नै नटाँसी फर्किएको छ ।
समाचार स्रोत ः राजधानी दैनिक


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम