back
CTIZAN AD

हत्या गरेर फरार अभियुक्त सात वर्षपछि पक्राउ

वि.सं.२०७५ भदौ १९ मंगलवार

666 

shares

१९ भदौ, तुलसीपुर । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका–१ भालुबाङ घर भएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

घर्ती र बुढाले संयुक्तरुपमा दक्षिण अम्राईमा माछा र अल्लो धागोको व्यवसाय गर्दै आएकोमा रु तीन लाखको हिसाब नमिलेपछि घर्तीलाई बुढाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको दाङका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन् ।

प्रहरीमा गोकर्ण गुरुङको नाममा किटानी जाहेरी परे पनि उनी दोषी नभएको भन्दै प्रहरीले थप अनुसन्धान गर्दै गर्दा प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको टोलीले बुढालाई बागलुङको ढोरपाटन नगरपालिका–९ बाट नियन्त्रणमा लिएर आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बुढाले घटनापश्चात् फरार रही ढोरपाटनमा आलुखेती गर्दै आएका थिए ।

वि.सं.२०७५ भदौ १९ मंगलवार १७:०६ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...