back
CTIZAN AD

पहिलो खेलमा पाकिस्तानसँग नेपाल पराजित

वि.सं.२०७५ भदौ २० बुधवार

741 

shares

२० भदौ, काठमाडौँ । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको छ ।

बङ्गलादेशको ढाकामा मंगलबार सम्पन्न प्रतियोगितामा नेपाल पाकिस्तानसँग अन्तिम मिनेटमा पराजित भएको हो । पाकिस्तानका मोहमद अलीले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाए ।

पहिलो हाफमा एक–शून्यले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले बराबरी गोल गरेको थियो । नेपालका लागि बिमल घर्तिमगरले ८२ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफको ३७ औँ मिनेटमा पेनाल्टीमार्फत पाकिस्तानका मोहमद रिजाले गोल गर्दै अग्रता कायम गरेका थिए । जीतसँगै समूह ‘ए’ मा पाकिस्तानले तीन अङ्क जोडेको छ । नेपालले आगामी बिहीबार भूटान र शनिबार बङ्गलादेशको सामना गर्नेछ ।

साफ फुटबलको १२औँ संस्करणसम्म आइपुग्दा नेपालले उपाधि जित्न सकेको छैन । आजको हारसँगै साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले खेलेका सात खेलमध्ये दुईमा जीत, तीनमा बराबरी र दुईमा पराजय भएको छ ।

वि.सं.२०७५ भदौ २० बुधवार ०८:४६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...