back
CTIZAN AD

नदीका कारण एक हजारभन्दा बढी घर उच्च जोखिममा

वि.सं.२०७५ भदौ २० बुधवार

654 

shares

२० भदौ, चितवन । नारायणी नदीले पश्चिम चितवनको न्युरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर उच्च जोखिममा परेका छन् ।

भरतपुर महानगरपालिका–२७ र २८ को बीचमा सय मिटर तटबन्ध बगाएर नदीले छेउको जमीन कटान गरिरहेकाले त्यसबाट एक हजार २०० घर उच्च जोखिममा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताएका छन् ।

नजिकैका दुई घर स्थानान्तरण गरिएको र अन्य केही घर स्थानान्तरण गर्ने क्रममा रहेको पनि उनले बताए । नदीले कटान गरिरहेका ठाउँमा जाली र बोरामा बालुवा, ढुङ्गा, गिट्टी भरेर नियन्त्रण गर्ने काम भइरहेको छ । त्यस्तै रूखका मुडा, बाँससमेत प्रयोग गरेर नदी नियन्त्रणको काम भइरहेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिए ।

मंगलबार बिहान अकस्मात नदीले तटबन्ध बगाएपछि दाहालको नेतृत्वमा प्रजिअ बस्नेतसहित सुरक्षा निकायका प्रमुखलगायत त्यहाँ पुगेका थिए । सो ठाउँमा अहिले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी, स्थानीयलगायत नदी नियन्त्रणमा लागिपरेको प्रमुख दाहालले बताए । नदी पसेमा वडा नं २८ पूर्णरूपमा प्रभावित हुने भएकाले सतर्क रहन प्रचार प्रसार गरिएको पनि उनले बताए ।

वि.सं.२०७५ भदौ २० बुधवार ०८:४३ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...