back
CTIZAN AD

एनआरएनए र पुननिर्माण प्राधिकरणका सिइओबीच छलफल

वि.सं.२०७५ भदौ २० बुधवार

576 

shares

लण्डन । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गरेका छन् । लाप्राकमा निर्माण भइरहेको एकीकृत नमूना बस्तीको पुनर्निर्माणको अवस्था बारे एनआरएनएका पदाधिकारीसँग छलफल गर्दै सीइओ ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।

लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकरात्मक सन्देश जाने भएकोले बस्ती पुनर्निर्माण शीघ्र सम्पन्न गर्न उनले आग्रह गरे । उनले बाँकी कार्यको निश्चित समयरेखा निर्माण गरी काम गर्न र त्यहाँ आर्य आर्जनको पनि योजना बनाउन पनि सुझाव दिए । उनले भने, “प्राधिकरणले पुनर्निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई प्रोत्साहन गर्ने नीति लिएकोले लाप्राकको एकीकृत बस्ती पुनर्निर्माणको अनुभव अन्य क्षेत्रलाई पनि अनुशरणयोग्य हुनेछ ।” सीइओ ज्ञवालीले पुनर्निर्माणको कार्य शीघ्र सम्पन्न गर्न प्राधिकरणका तर्फबाट आवश्यक पर्ने सहयोगका लागि तयार रहेको पनि बताए ।

एनआरएनएका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानीका लागि बाटोको समस्या तथा विकटताका बाबजुद लाप्राक पुनर्निर्माण कार्य शीघ्र सम्पन्न गर्न आफूहरु कटिबद्ध रहेको बताए । उनले भौतिक पुनर्निर्माण सकिएपछि होमस्टे सहितका पर्यटन प्रबद्र्धन, विभिन्न कृषि तथा पशुविकासका कार्यक्रमहरुको बारेमा योजना बनाइएको जानकारी पनि दिए ।

छलफलमा प्राधिकरणका कार्यकारी सदस्यद्वय धुव्रप्रसाद शर्मा र डा चन्द्र बहादुर श्रेष्ठ, एनआरएनका महासचिव डा बद्री केसी, लाप्राक बस्ती पुनर्निर्माणका परियोजना निर्देशक सुभाष अधिकारी लगायतको पनि सहभागिता थियो । लाप्राकमा एनआरएनएले भूकम्प प्रभावितका ५ सय ७३ घरहरु निर्माण गरिरहेको छ ।

वि.सं.२०७५ भदौ २० बुधवार ०८:२० मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...