Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रसङ्घको नयाँ महासचिव गुटेर्रेसलाई ओबामाको बधाई



 ३ कात्तिक,वासिङटन । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट हुनुभएकोमा उहाँलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिनुभएको छ ।

राष्ट्रपति ओवामाले गटेर्रेसको कार्यकालमा आफू अमेरिकाले नजिकबाट सहकार्य र सहयोग आदानप्रदान गर्न चाहेको उल्लेख गर्नुभएको छ ।

शान्ति स्थापना गर्ने उत्तरदायीत्व, राष्ट्रसङ्घको पुनःसंरचना गरी प्रभावकारीता बढाउनेलगायतका काममा सफलता मिलोस भन्ने कामना पनि ओवामाले गर्नुभएको छ ।

पोर्चुगलका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका गुटेर्रेसलाई फोन गरेर ओवामाले बधाई दिनुभएको हो ।

बधाई दिनेक्रममा राष्ट्रपति ओवामाले राष्ट्रसङ्घलाई आधुनिकिकरण र चुस्तदरुस्त बनाउन विषेश जोडसहित सुझाव दिनुभएको छ ।

वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नुहुनेछ ।

केहीदिनअघि भएको राष्ट्रसङ्घको महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उहाँ राष्ट्रसङ्घको महासचिवमा औपचारिकरुपमा छानिनुभएको हो ।

गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधारकार्यमा उल्लेखनीयकार्य गरिसक्नु भएको छ । रासस÷एएफपी


-->

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण