Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

क्लिनटन–ट्रम्पको अन्तिम वहस बुधबार राती हुने



३ कात्तिक,वासिङटन । अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदबार रहेका डेमोक्र्याटिकतर्फकी उम्मेदबार हिलारी रोधाम क्लिन्टन र रिपब्लीक उम्मेदवार डोनाल्ड ट्रम्पकाबीचमा बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ ।

मतदान हुनुभन्दा २० दिन अगाडि उहाँहरुको अन्तिम संयुक्त बहस हुन लागेको हो । त्यो रात अमेरिकी राजनीतिका लागि एउटा महत्वपुर्ण रात पनि मानिने छ ।

स्थानीय समयअनुसार साँझ ६ः०० बजे बहस सुरु हुने बहस ९० मिनेटको हुनेछ । बहस लस भेगसमा रहेको नेभादा विश्वविद्यालयमा हुनेछ ।

वहसका लागि दुवै उम्मेदवारलाई पहिले वहसमा जस्तैगरी राखिने छ । लामो समयदेखि राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका ६९ वर्षीय क्रिस वाल्सले सञ्चालन गर्ने सो कार्यक्रम अमेरिकाका अधिकांश टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसअघि पहिलो वहस २६ सेक्टेम्बरमा भएको थियो भने दोस्रो वहस अक्टोवर ९ मा भएको थियो । ती दुवै वहसपछि हिलारी थप लोकप्रिय देखिँदै जानुभएको छ । पछिल्लो पटक गत सोमबार गरिएको मत सर्वेक्षणमा पनि हिलारी क्लिनटन नै अगाडि देखिनुभएको छ ।

महिला विरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्ताले जनाएका छन् ।

करिब एक हप्ता अगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो । रासस÷एएफपी÷एपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले