back
CTIZAN AD

क्लिनटन–ट्रम्पको अन्तिम वहस बुधबार राती हुने

वि.सं.२०७३ कात्तिक ३ बुधवार

942 

shares

३ कात्तिक,वासिङटन । अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदबार रहेका डेमोक्र्याटिकतर्फकी उम्मेदबार हिलारी रोधाम क्लिन्टन र रिपब्लीक उम्मेदवार डोनाल्ड ट्रम्पकाबीचमा बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ ।

मतदान हुनुभन्दा २० दिन अगाडि उहाँहरुको अन्तिम संयुक्त बहस हुन लागेको हो । त्यो रात अमेरिकी राजनीतिका लागि एउटा महत्वपुर्ण रात पनि मानिने छ ।

स्थानीय समयअनुसार साँझ ६ः०० बजे बहस सुरु हुने बहस ९० मिनेटको हुनेछ । बहस लस भेगसमा रहेको नेभादा विश्वविद्यालयमा हुनेछ ।

वहसका लागि दुवै उम्मेदवारलाई पहिले वहसमा जस्तैगरी राखिने छ । लामो समयदेखि राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका ६९ वर्षीय क्रिस वाल्सले सञ्चालन गर्ने सो कार्यक्रम अमेरिकाका अधिकांश टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसअघि पहिलो वहस २६ सेक्टेम्बरमा भएको थियो भने दोस्रो वहस अक्टोवर ९ मा भएको थियो । ती दुवै वहसपछि हिलारी थप लोकप्रिय देखिँदै जानुभएको छ । पछिल्लो पटक गत सोमबार गरिएको मत सर्वेक्षणमा पनि हिलारी क्लिनटन नै अगाडि देखिनुभएको छ ।

महिला विरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्ताले जनाएका छन् ।

करिब एक हप्ता अगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो । रासस÷एएफपी÷एपी

वि.सं.२०७३ कात्तिक ३ बुधवार १०:३३ मा प्रकाशित

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...