back
CTIZAN AD

कारको ठक्करबाट कार्कीको मृत्यु

वि.सं.२०७५ असोज १ सोमवार

753 

shares

१ असोज, उर्लाबारी, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च २०६३ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार झापा, मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने ३० वर्षीय राजु कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ, रुपाकोट–मझुवागढी नगरपालिका– ८ बस्ने ३० वर्षीय चन्द्रबहादुर गुरुङ गम्भीर घाइते भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ठक्कर दिने कारलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

वि.सं.२०७५ असोज १ सोमवार १०:२२ मा प्रकाशित

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...