back
CTIZAN AD

नमूना रिफ्रेस सेन्टर निर्माण

वि.सं.२०७५ असोज १ सोमवार

687 

shares

१ असोज, नवलपरासी । सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण गरिएको छ ।

नगरपालिकामा प्रहरी प्रधान कार्यालय तथा स्थानीयको सहयोग र जिल्ला प्रहरी कार्यालय नवलपुरको पहलमा सो रिफ्रेस सेन्टर निर्माण गरिएको हो । पौने दुई बिगाहा जग्गामा फैलिएको रिफ्रेस सेन्टरमा ८०,९० जना यात्रुलाई आराम गर्ने कक्षको समेत सुविधा रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इञ्चार्ज लक्ष्मण शाहीले बताए ।

रिफ्रेस सेन्टरमा चालक, सहचालक तथा यात्रुको लागि छुट्टाछुट्टै आराम गर्ने स्थान निर्माण गरीएको छ । साथै आराम गर्ने चालक र यात्रुका लागि ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी वृत्तचित्र तथा चालकको लागि ट्राफिक सचेतना प्रदान गरिनुका साथै जाँच गरिने इञ्चार्ज शाहीले बताए ।

सो रिफ्रेस सेन्टरमा २५० किलोमिटरभन्दा बढी दूरी चल्ने सवारीसाधन रोकिने गर्दछ ।

भौतिक संरचना हटाइयो

कावासोती नगरपालिकाले राजमार्ग क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचना हटाएको छ । कावासोतीको फलफूल चोकदेखि थकाली चोकसम्मको राजमार्ग क्षेत्राधिकारभित्र बनाइएका घरटहरा, टिकट काउन्टर, ठेलागाडा, होर्डिङ बोर्ड र निर्माण सामग्री नगरपालिका आफैँले हटाएको हो ।

कावासोती नगरपालिकाको मुख्य बजार क्षेत्रलाई सफा र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाले अतिक्रमित संरचना हटाएको हो । सडकको क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचनाका कारण दुर्घटना बढ्नुका साथै बजार कुरुप देखिएकाले नगरपालिकाले १५ दिने सूचना निकालेर हटाउन अनुरोध गरेको थियो तर नागरिकले अटेर गरेपछि नगरपालिकाले हटाएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले जानकारी दिए ।

वि.सं.२०७५ असोज १ सोमवार १२:०७ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...

संस्कृति र प्रकृतिको सङ्गम  नारच्याङ लेकगाउँ र मगर संग्रालय

संस्कृति र प्रकृतिको सङ्गम नारच्याङ लेकगाउँ र मगर संग्रालय

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...