back
CTIZAN AD

जापानको बुढ्यौली जनसंख्या २८ प्रतिशत

वि.सं.२०७५ असोज १ सोमवार

678 

shares

१ असोज, टोक्यो । जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो । दोस्रो विश्वयुद्ध पश्चात अत्यधिक जन्मिएका बालबच्चा नै अहिले बुढ्यौली उमेरमा प्रवेश गरेका हुन ।

सरकारले आइतबार सार्वजनिक गरेको विवरणमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको जनसंख्या तीन करोड ३६ लाख पुगेको छ, अर्थात यो कूल जनसंख्याको २८.१ प्रतिशत हो ।

राष्ट्रसंघीय तथ्याङ्कका अनुसार, विश्वमै यो अनुपात सर्वाधिक बढी हो । इटालीमा यो अनुपात २३.३ प्रतिशत, पोर्चुगलमा २१.७ प्रतिशत र जर्मनीमा २१.७ प्रतिशत रहेको छ । सरकारी विवरणमा ७० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति २०.७ प्रतिशत रहेको पाइएको छ ।

जनसांख्यिक परिवर्तन हुनुमा जापानको लगातारको न्यून जन्मदर र औसत आयूमा वृद्धि मुख्य कारणहरु रहेका छन ।

कपाल फुलेका व्यक्तिको जनसंख्याको तिब्र वृद्धिले जापानका नीतिनिर्मातामाथि पेन्सन भुक्तानीको व्यवस्थापन गर्न ठूलो दबाब सिर्जना भएको छ ।

वि.सं.२०७५ असोज १ सोमवार १६:१८ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...