back
CTIZAN AD

अरिंगाल आक्रामक पनि बन्न सक्छ

वि.सं.२०७५ असोज ३ बुधवार

612 

shares

अरिंगाल सब्द अहिले खुब चर्चामा छ । साच्चै भन्दा अरिङ्गालको नकारात्मक चर्चाले सामाजिक मिडियाहरु खुब रंगिएका छन् । सामाजिक मिडिया हेर्दा एकाथरी अरिंगालको बचाउमा खुब लागेका छन् भने अर्काथरी अरिगांललाई नङग्याउन ज्यान फालेर होमिएका छन् । तर, यहाँ न बचाउ पक्ष न आक्रमणकारी पक्ष कसैले पनि अरिंगालको चिल्ने भन्दा अर्को विशेषता बारेमा बोलेको पाइदैन ।

अरिंगाल एक सामाजिक प्राणी हो । यो समुहमा बस्छ र मिलेर घर बनाउनेदेखि सन्तान हुर्काउने सम्मका कार्य गर्दछ । सायद प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यहि सामुहिकताको भाव सहित अरिंगालको बारेमा बोलका थिए होलान् । तर, हाम्रो समाजको खिसि टिउरी बर्गले यसलाई नकारात्मक बनाइ छाड्यो ।

नेपालको राजनीतिमा लाक्षणिक सन्देश दिने ओली भन्दा अगाडि अर्का सन्त नेता कृष्ण प्रसाद भट्टराई समेत पटक–पटक खीसि टिउरी वर्गको सीकार भइसकेका छन् । यहाँ एउटा वर्ग छ जो किसुनजी, ओलीजी जस्ता नेताका लाक्षणिक सन्देशहरु बुझ्न त बुझ्छ तर, त्यसलाई कहिल्यै सकारात्मक भएर सोच्न सक्तैन् । पछिल्लो समय ओली त्यहि तप्काको सीकार भएका छन् । शायद यो इतिहास दोहोरिएको निर्मम उदाहरण होला ।

हो, इतिहास दोहारिदा त्यो निर्मम तरिकाले प्रस्तुत हुन्छ । जसले दोहोरिदै गरेको इतिहासलाई त्यस्तै निर्मम तरिकाले आफू अनुकुल बनाउनेनै कुसल साशक मानिन्छ । अहिले ओली यस्तै दोहोरिदै गरेको इतिहासलाई जनताको अनुकुल बनाउने पेचिलो बट्नेसोमा छन् । उनले यो बट्नेसोलाई जति कसिलो बनाउन सक्छन्, त्यति नै उनी सफल हुने छन् ।

नेपालमा इतिहास देखिनै बहुमतको सरकार नचाहाने एउटा ठूलो तप्का छ । त्यो तप्काले ०१६ सालमा विपी कोइराला सरकारले भूमिमा द्धैध स्वामित्व अन्त्यको घोषणा, राजा रजौटा अन्त्यको लागि चालिएको पहललाई त्यहि सरकार फाल्ने अस्त्रको रुपमा प्रयोग गर्यो ।

गोरखामा विभिन्न बहानामा कोइराला विरुद्ध जोगीहरु समेत उठे । अन्तत कोइरालाका जनपक्षिय कार्य नै उनको सरकार अपदस्त हुने र स्वयं उनी जेल जानुपर्ने कारक बन्यो ।
अहिले फेरि इतिहास त्यसरी नै निर्मम तरिकाले दोहोरिदै छ । कोइराला कालमा जस्तै अहिले पनि दुई तिहाइ मतको सरकार छ । बसी खान र ठगी खान पल्केको एउटा तप्का ओली सरकारका जनहितका कामलाई जनतासम्म पुग्न दिदै नदिने उद्धेश्य सहित प्रोपोगाण्डमा उत्रिइसकेको छ ।

स्वरुपमा केही फरक भएपनि सारमा विपी कालमा जस्तै अनेक हतकण्डा अपनाएर यो सरकार असफल बनाउने खेल नेपथ्यबाट सुरु भइसकेको छ भन्दा फरक पर्दैन् ।

यसैका परिणाम हुन, अघिल्लो सरकारले सेनालाई निर्माण गर्न दिएको ‘फास्ट ट्रयाक’ लाई अहिले गिजोल्नु । बन्दै गरेको दोश्रो अन्तराष्ट्रिय विमानस्थलका बारेमा अनावस्यक प्रचार गरिनु, केही समुहलाई सीगात्से–काठमाडौं उत्तरी रेल र जयनगर–काठमाडौं दक्षिणी रेल समेत नपचेको देखिन्छ । यसकारण अहिले यो समुह ओली सरकारमाथि सक्नेजति जाइ लागेको छ ।

एकवर्ष अगाडि पास भएका मुलुकी ऐन प्रतिस्थापनका संहितामा बल्ल बहस गर्दैछन् मानिसहरु । पेट्रोलियमको मुल्यवृद्धि एक अन्तराष्ट्रिय प्रक्रिया अनुसार भएको नबुझेजस्तै गरेर कुर्लिदै छन् केहि समुहहरु ।

अहिले लाग्छ विपी सरकार विरुद्ध छेडिएका अर्नगल प्रचार बारे हजुरबाले सुनाएका कथा फेरि ओली सरकारविरुद्ध प्रयोग गरिएको देखिन्छ । तर हल्लाखोरहरुलाई ओलीले कामबाट राम्रै उत्तर दिने दिन अब टाढा छैन । दोहोरिदै गरेको निर्मम इतिहासलाई नेपाली जनताको बसमा पार्न ओली सफल हुनेछन् । अरिंगाल अहिले चिल्ने मुडमा छैन । उ सामाजिक मात्रै भएर बसेको छ । तर, यस्तै गरी पुल्ठो सल्काएर अरिंगालका गोलामाथि आगो झोसिदै जाने हो भने अरिंगाल आक्रामक पनि हुनेछ ।

वि.सं.२०७५ असोज ३ बुधवार १०:१६ मा प्रकाशित

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...