
४ असोज, काठमाडौँ । राज्यले महत्वपुर्ण योगदान दिने व्याक्तिहरुलाई दिईने विभुषण सिफारिस गर्न गठित समितिले आफैँलाई सिफारिस गरेका छन् ।
समितिका सदस्यद्वय प्राडा मिना वैद्य मल्ल र ईन्जिनियर कासेन्द्र प्रसाद यादवले आफ्नै नाम सिफारिस गरेका हुन् । उनीहरुले आफैलाई सुप्रबल जनसेवा श्री मानपदवीको सिफारिस गरेका हुन् । राष्ट्रपतिबाट उनीहरुलाई विभुषण दिने निर्णय समेत भएको छ । उनीहरुसहित तेस्रो संविधानको अवसरमा ३ सय ४४ जनालाई अलंकार र पदक दिन गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत गराई गृहमन्त्रालयले सार्वजनिक गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७५ असोज ४ बिहीवार ०८:३१ मा प्रकाशित