back
CTIZAN AD

नेपालको समृद्धिका लागि चीनको ठूलो सहयोगको खाचो छ– उपराष्ट्रपति पुन

वि.सं.२०७५ असोज ४ बिहीवार

588 

shares

४ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् ।

भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताए । उनले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियाँैदेखि सांस्कृतिक एवं विविध सम्बन्ध रहँदै आएको चर्चा गरेका थिए ।

उपराष्ट्रपति पुनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड एनिसियटिभ’(बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताएका छन् । उनले चिनियाँ बन्दरगाहा प्रयोगसम्बन्धी सम्झौतामा चाँडै हस्ताक्षर गर्न आग्रह गर्दै यसबाट नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताएका छन् । उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

लासा, काठमाडौँ, लुम्बिनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियासम्म जोड्न सकिने र त्यसबाट दुबै देश लाभान्वित जानकारी दिँदै उनले अवरुद्ध तातोपानी नाका सञ्चाल, केरुङ नाकाको स्तरोन्नति, ओलाङचुङगोलालगायतका नाका सञ्चालनमा पनि जोड दिएका थिए ।

भेटका क्रममा उपराष्ट्रपति पुनले नेपालले बुधबार नै संविधान दिवस मनाइएको स्मरण गर्दै संविधान जारी भएपछि तीन तहको निर्वाचन सम्पन्न भएर स्थायी सरकार बनेपछि सरकारको ध्यान ध्यान आर्थिक समृद्धितर्फ गएको बताएका थिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै उपराष्ट्रति पुनले नेपालको समृद्धिका लागि चीनको ठूलो साथ सहयोगको खाँचो रहेको समेत बताए । उहाँले चीनसँग नेपालको ठूलो व्यापार घाटा रहेकाले यसलाई सन्तुलनमा ल्याउन दुवै देशले ठोस् पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपालमा वैदेशिक लगानीका लागि पूर्ण वातावरण बनेको बताउँदै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीका लागि प्रोत्साहित गरिदिन आग्रह गर्दै उपराष्ट्रपति पुनले नेपालको जलविद्युत्, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न सहज हुने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

सो अवसरमा चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनको घनिष्ठ र साझेदारी देश भएको बताउँदै नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ कार्यक्रममार्फत अघि बढेकोे बताए ।

उनले नेपालले एक चीन नीतिप्रति जनाएको दृढ समर्थन र स्वतन्त्र तिब्बत गतिविधि नियन्त्रणमा निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिए । उपप्रधानमन्त्री हुले नेपालमा स्वतन्त्र तिब्बतसम्बन्धी कुनै पनि गतिविधि नहुने र नेपाल सरकारले गर्न नदिनेमा चीन पूर्ण विश्वस्त रहेको जानकारी दिए ।

उपप्रधानमन्त्री हुले नेपालको स्थिरता, विकास, समृद्धि र नेपाली जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नेपालले चाल्ने हरेक कदमको चीनले स्वागत गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा गर्न चीनको सहयोग रहने बताए । उनले नेपालमा चीनको विभिन्न परियोजना सञ्चालनमा रहेको स्मरण गर्नुहुँदै भूकम्पपछिको पुनःनिर्माणका लागि भएका सम्झौता कार्यान्वयनमा रहेको र यसमा थप सहयोग बढाउन सकिन्छ कि भन्नेमा छलफल भइरहेको समेत बताएका थिए ।

काठमाडौँसम्म रेल पु¥याउन भइरहेको प्रयासलाई प्रभावकारी बनाउने, तातोपानी नाका सञ्चालनमा ल्याइने, केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गर्न पहल गरिने जानकारी दिँदै उपप्रधानमन्त्रीले हुले नेपालमा लगानीका लागि चीन सरकारले व्यवसायीहरुलाई प्रोत्साहन गरिरहेको पनि बताए ।

सत्रौँँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा भाग लिन उपराष्ट्रपति बुधबार छुन्दु पुगेका उपराष्ट्रपतिले बिहीबार मेला उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।

वि.सं.२०७५ असोज ४ बिहीवार ०९:११ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...