
५ असोज, काठमाडौं । भारतीय नीति आयोगका उपाध्यक्ष राजीव कुमारले नेपालमा रहेका ५ सय र १ हजार दरका प्रतिबन्धित भारु साटिने संकेत गरेका छन् । नेपालमा सानो परिणाममा प्रतिबन्धित भारु रहेको बताउँदै उनले उक्त भारु सटही हुने सुविधा पाउने पर्ने बताएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
काठमाडौंमा विहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको प्रश्नमा उत्तर दिदै भारतीय रिजर्भ बैंकका सञ्चालकसमेत रहेका उपाध्यक्ष कुमारले नेपालमा रहेका प्रतिबन्धित भारतले ध्यान दिनुपर्ने बताएका छन् ।
नेपालमा बैंकिङ प्रणालीभित्रै ७ करोड ८० लाख ६१ हजार बराबरका प्रतिबन्धित नोट रहेको राष्ट्र बैंकले जनाएको छ ।
वि.सं.२०७५ असोज ५ शुक्रवार ०७:४२ मा प्रकाशित





























