back
CTIZAN AD

पहिचान गरेर गोली हानेको खुलासा

वि.सं.२०७५ असोज ४ बिहीवार

618 

shares
 

मोटरसाइकलमा आएका चार जनाको समूहले दुवै तर्फबाट छेकेको र खुर्शीद को हो भनी सोध्दै खुर्शिदले म हुँ भनेपछि उनको टाउको र छातीमा गोली प्रहार गरेको

४ असोज, इनरुवा । बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ ।

स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ बजेर १५ मिनेटमा सोही दिशाबाट आएको चार जनाको अज्ञात समूहले पहिचान गरेर खुर्शिदलाई गोली प्रहार गरेका थिए ।

सञ्चालक समितिको बैठक समापन भएसँगै साथी अमीन अन्सारीको मोटरसाइकलमा गइरहेको बेला नम्बर प्लेट नभएको सोही दिशाबाट सेतो रङ्गको अपाचे र नीलो रङ्गको पल्सर मोटरसाइकलमा आएका चार जनाको समूहले दुवै तर्फबाट छेकेको र खुर्शीद को हो भनी सोध्दै खुर्शिदले म हुँ भनेपछि उनको टाउको र छातीमा गोली प्रहार गरेको हरिनगर गाउँपालिकाका न्यायिक समितिका सदस्य अलाउद्दिन अन्सारीले बताए ।

गोली प्रहार गरेर भागिरहेका अज्ञात व्यक्तिलाई घुस्की प्रहरी चौकीमा कार्यरत प्रहरी हबलदार शिवलाल पौडेलले रोक्न खोज्दा उनलाई समेत खुट्टामा गोली प्रहार गरेर एक सयभन्दा बढीको स्पिडमा मोटरसाइकल लिएर भारततर्फ भागेको प्रत्यक्षदर्शी लुकमान अन्सारीले बताए । त्यहाँबाट भारतको बोड १५ किलोमिटर रहेको छ । घाइते भएका प्रहरी हबलदार पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेतीले बताए ।

यता घटनाको विरोधमा स्थानीयवासीले टायर बालेर प्रदर्शन गर्दै भुटाहाबजार दिनभर बन्द गराएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । उनले भारतको प्रहरी उपरीक्षकसँग कुराकानी भएको बताउँदै एउटा शङ्कास्पद मोटरसाइकलको नम्बर आएको र यस विषयमा अनुसन्धान भइरहेको बताए ।

यता नेपाली काङ्ग्रेस १ नं प्रदेशका संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालाले घटना दुःखद भएको बताउँदै दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

वि.सं.२०७५ असोज ४ बिहीवार २१:३० मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...