back

पहिचान गरेर गोली हानेको खुलासा

वि.सं.२०७५ असोज ४ बिहीवार

396 

shares
 

मोटरसाइकलमा आएका चार जनाको समूहले दुवै तर्फबाट छेकेको र खुर्शीद को हो भनी सोध्दै खुर्शिदले म हुँ भनेपछि उनको टाउको र छातीमा गोली प्रहार गरेको

४ असोज, इनरुवा । बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ ।

स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ बजेर १५ मिनेटमा सोही दिशाबाट आएको चार जनाको अज्ञात समूहले पहिचान गरेर खुर्शिदलाई गोली प्रहार गरेका थिए ।

सञ्चालक समितिको बैठक समापन भएसँगै साथी अमीन अन्सारीको मोटरसाइकलमा गइरहेको बेला नम्बर प्लेट नभएको सोही दिशाबाट सेतो रङ्गको अपाचे र नीलो रङ्गको पल्सर मोटरसाइकलमा आएका चार जनाको समूहले दुवै तर्फबाट छेकेको र खुर्शीद को हो भनी सोध्दै खुर्शिदले म हुँ भनेपछि उनको टाउको र छातीमा गोली प्रहार गरेको हरिनगर गाउँपालिकाका न्यायिक समितिका सदस्य अलाउद्दिन अन्सारीले बताए ।

गोली प्रहार गरेर भागिरहेका अज्ञात व्यक्तिलाई घुस्की प्रहरी चौकीमा कार्यरत प्रहरी हबलदार शिवलाल पौडेलले रोक्न खोज्दा उनलाई समेत खुट्टामा गोली प्रहार गरेर एक सयभन्दा बढीको स्पिडमा मोटरसाइकल लिएर भारततर्फ भागेको प्रत्यक्षदर्शी लुकमान अन्सारीले बताए । त्यहाँबाट भारतको बोड १५ किलोमिटर रहेको छ । घाइते भएका प्रहरी हबलदार पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेतीले बताए ।

यता घटनाको विरोधमा स्थानीयवासीले टायर बालेर प्रदर्शन गर्दै भुटाहाबजार दिनभर बन्द गराएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । उनले भारतको प्रहरी उपरीक्षकसँग कुराकानी भएको बताउँदै एउटा शङ्कास्पद मोटरसाइकलको नम्बर आएको र यस विषयमा अनुसन्धान भइरहेको बताए ।

यता नेपाली काङ्ग्रेस १ नं प्रदेशका संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालाले घटना दुःखद भएको बताउँदै दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

वि.सं.२०७५ असोज ४ बिहीवार २१:३० मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...