back
CTIZAN AD

दुई रुपैयाँ भ्रष्टाचार गरेपनि कारवाही

वि.सं.२०७५ असोज ४ बिहीवार

717 

shares


 “भ्रष्टाचार एउटा महारोगका रुपमा विकसित भएको छ । यसलाई नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्नेछु ।”

४ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारी साना र ठूला नहुने भएकाले सबैलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

उनले भने, “दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौँ खाने पनि भ्रष्टाचारी हो । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आयोग प्रतिबद्ध छ ।” आयोग कार्यालय टङ्गालमा आज पदबहालीपछि उनले भने, “भ्रष्टाचार एउटा महारोगका रुपमा विकसित भएको छ । यसलाई नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्नेछु ।”

कानूनको सीमाभित्र रहेर इमान्दारीपूर्वक काम गर्ने र सानाठूला सबै खालका भ्रष्टाचारीलाई आयोगले कठोरतापूर्वक कारवाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सामाजिक प्रवृत्तिका रुपमा भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई नियन्त्रणका लागि कानूनी दायरामा रहेर आयोगले काम गर्ने भन्दै नवनियुक्त प्रमुख आयुक्त घिमिरेले सरकारका निकाय, नागरिक समाज, सञ्चारकर्मीबाट पनि आयोगले साथ पाउने विश्वास व्यक्त गरे ।

राज्यका सबै निकायको एकीकृत र समन्वायत्मक प्रयासबाट मात्रै भ्रष्टाचारको पूर्ण नियन्त्रण हुने भन्दै नवनियुक्त प्रमुख आयूक्त घिमिरेले सहयोगका लागि आग्रह गरे । आफूले कानूनको अधीनमा रहेर भ्रष्टाचार नियन्त्रण, अनुसन्धानको कामलाई अगाडि बढाउने र समाजमा भ्रष्टाचार महारोगका रुपमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न अधिकत्तम प्रयास गर्ने उनको कथन थियो ।

प्रवृत्तिगतरुपमा पनि भ्रष्टाचारका अनेकन रुप देखिएकाले अनुसन्धानका लागि दक्ष जनशक्ति तथा प्रविधिको प्रयोगलाई पनि आफ्नो कार्यकालमा अगाडि बढाउने उनको भनाइ थियो ।
विसं २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा कार्यरत घिमिरे आज मात्रै प्रमुख आयुक्तमा नियुक्त भएका हुन् ।

शपथ लिएलगत्तै आयोग कार्यालय पुगेका नवनियुक्त प्रमुख आयुक्त घिमिरेलाई आयोगका आयुक्तहरु, सचिव तथा आयोगमा कार्यरत कर्मचारीले स्वागत गर्दै सफल कार्याकालको कामना गरेका थिए ।

पदभार ग्रहणलगत्तै नवनियुक्त आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणमा इमान्दार भएर खट्न, अनुसन्धानलाई प्रभावकारी बनाउन आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिएका थिए । उनले जनताको अपेक्षाअनुसार अनियमितता र भ्रष्टाचार नियन्त्रणमा आयोगका कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले इमान्दार प्रयत्न गर्नसमेत आग्रह गरेका थिए ।

संसदीय सुनुवाई समितिले आज मात्रै प्रमुख आयुक्तमा घिमिरेलाई अनुमोदन गरेको थियो ।

वि.सं.२०७५ असोज ४ बिहीवार २१:२६ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...