back
CTIZAN AD

सहमतिपछि यातायात सञ्चालन

वि.सं.२०७५ असोज ४ बिहीवार

672 

shares

४ असोज, बुटवल । मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको विरोध गर्दै आन्दोलनरत् सवारी चालक मजदुर र प्रशासनबीच आज सहमतिपछि यातायात सञ्चालन भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरी गाडी सञ्चालन गर्ने सहमतिपछि सवारी साधन चल्न थालेका छन् ।

चालकहरुले सरकारले कानूनमा चालकहरुलाई जन्मकैदको अवधि धेरै बनाएको विरोधमा गाडी थन्क्याएर आन्दोलन गरेका थिए । गाडी नचल्दा यात्रु मर्कामा परेकाले आजैदेखि गाडी सञ्चालन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

सवारी साधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने तथा गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतिपत्र १५ दिनसम्म निलम्बन गर्ने समेत सहमति भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

यता सवारी चालक मजदुरहरुको आन्दोलनका कारण रुपन्देहीलगायतका जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । तीन दिनदेखि चालकहरु आन्दोलनमा उत्रिएपछि रुपन्देहीसहित विभिन्न जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

पेट्रोलियम पदार्थको अभाव शुरु भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आज ट्याङ्कर चालक, व्यवसायी र पेट्रोलियम व्यवसायीको बैठक बसेको थियो । बैठकमा ट्याङ्कर चालहरुले अत्यावश्यकीय वस्तु पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने प्रतिबद्धता जनाएका छन् ।

पश्चिामाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका कार्यबाहक अध्यक्ष हिमाल गैरेले रुपन्देहीसहित यस क्षेत्रका अन्य जिल्लामा डिजेलको समस्या नभएको तर पेट्रोलको समस्या आजको सहमति कार्यान्वयन भएमा शुक्रबारदेखि सहज हुने बताए ।

वि.सं.२०७५ असोज ४ बिहीवार २१:२२ मा प्रकाशित

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...