वास्तविकता अमेरिकामा मात्र होइन, हाम्रोजस्तो देशमा पनि बढी नै चिनी प्रयोग गरेका हुन्छौं । हामीले विशेषज्ञले निर्धारण गरेभन्दा ५-६ गुण बढी चिनी प्रत्यक्ष र अप्रत्यक्ष रूपले खाइसक्छौं । र तिनले पछि अनेक स्वास्थ्य समस्या निम्त्याउँछन् ।
आधुनिक युगमा चिनीको प्रयोग ठ्याम्मै रोक्नुपर्छ भनेर भनियो भने त सायद अव्यवहारिक हुन्छ होला । तर चिनी नखाएर स्वास्थ्यमा चाहिँ केही फरक पर्दैन भनेर सबैले थाहा पाउनुपर्छ ।
चाडपर्वका बेला आएको छ । धेरै गृहिणीलाई चिनी महंगो भएको चिन्ता छ । अब मीठा मीठा खानेकुराहरू बनाउन गाह्रो हुने भयो । महंँगो “चिनीले त भोजभतेर पनि खल्लो हुने भयो” प्रायः धेरैले भनेको सुनिन्छ । तर वास्तवमा चिनीले स्वास्थ्यमा के के बेफाइदा गर्छ भनेर बुझ्ने हो भने महँंगो चिनी प्रयोग गर्न नसकेर चाडपर्व खल्लो भयो भन्ने विचार सायद धेरै कम हुन्थ्यो होला । आधुनिक युगमा चिनीको प्रयोग ठ्याम्मै रोक्नुपर्छ भनेर भनियो भने त सायद अव्यवहारिक हुन्छ होला । तर चिनी नखाएर स्वास्थ्यमा चाहिँ केही फरक पर्दैन भनेर सबैले थाहा पाउनुपर्छ ।
चिनीले स्वास्थ्यमा खराबी गर्छ भनेर धेरै अहिले बिना चिनीको चिया वा कफी प्रयोग गर्न थालेका छन् । चिनी चरा पल्काउने चारोजस्तै हो भन्दा पनि हुन्छ । एकपटक खाएपछि पटक पटक खाने लतजस्तै लाग्छ । त्यसैकारण अहिले नेपाली भोजनका धेरै परिकारमा चिनीको प्रयोग हुने गरेको छ । नेपालीहरूले दिनभरि खाने खानाहरूमा कुनै न कुनै खानामा चिनीको मात्रा अवश्य नै हुन्छ । बजारमा खरिद गरिएका खानामात्र होइन, घरमै बनाइने धेरै किसिमका परिकार चिनी मिसाएर बनाइएको हुन्छ । यो प्रचलन अझै बढ्दैछ । नेपालमा चिनीको खपतको परिमाण वर्षेनि वृद्धि भइरहेको छ । अझ चाडपर्वहरूमा अत्यधिक हुने गर्छ ।
कुनै पनि खुसियाली तथा सफलताका सुखद क्षणहरू जस्तो विद्यार्थीको परीक्षामा सफलता, कर्मचारीको बढुवा, सन्तान प्राप्ति, विवाहको निर्णय आदि महत्त्वपूर्ण क्षणहरूमा गुलिया मिठाइ बाँडेर खुसी व्यक्ति गरिन्छ । आफन्तहरूकहाँ जाँदा परम्परागत रूपमा नै गुलिया परिकारका कोसेली लाने गरिन्छ । विदेशबाट आफन्त तथा इष्टमित्रहरूलाई ल्याउने मुख्य कोसेली नै गुलिया चकलेटहरू बन्ने गरेका छन् साथै घरमा आएका पाहुनहरूले पनि केटाकेटीका लागि यस्तै उपहारका रूपमा ल्याइदिने गरेका हुन्छन् । यसरी केटाकेटीदेखि नै बढी गुलिया वस्तुको सेवन गर्ने बानीले लतको रूपमा जरा गाडिसकेको हुन्छ चिनीले साना बालबालिकाको दाँतलाई असर गर्छ ।
पहिले पहिले नेपालका पहाडी भागहरूमा बच्चाहरूको दाँतमा कहिल्यै किरा लाग्ने आदि समस्या देखिँदैन थिए, किनभने बालबालिकाले चकलेट मिठाइ र आइसक्रिम खान पाउँदैन थिए, तर अहिले जताजतै चिनी मिसिएका त्यस्ता खाद्यको प्रयोगले तिनको दाँतमा किरा लाग्न थालेको छ । तर धेरै कम मातापिता वा बाजेबज्यैले यस्ता गुलिया र चिनी भएका पदार्थले आफ्नो नातिनातिना र छोराछोरीको दाँत खराब गरेको छ भनेर थाहा पाउँछन् । बालबालिकाको स्वास्थ्यमा मात्र होइन, किशोर किशोरीको स्वास्थ्यमा पनि चिनी र चिनी मिसाइएका पदार्थहरूले नकारात्मक असर पार्छ भन्ने हामीमध्ये कमैलाई थाहा छ ।
मुटु रोगको विजारोपण बाल्यकालदेखि नै पनि हुने गर्छ । केटाकेटी अवस्थामा बढी गुलियो वस्तु खानाले भविष्यमा मुटुसम्बन्धी रोग लाग्न सक्ने जोखिम हुन्छ।
अमेरिकामा गरिएको एक अध्ययनमा चिनी बढी खाने र रेशादार खानेकुरा कम खाने महिलाहरूमा मधुमेह बढी देखिएको थियो । मिठाइमा मिसाएको चिनीले एकछिन त जिब्रोलाई स्वाद दिन्छ नै, तर पछि त पेट र मुटुमा समस्या गराउँछ । मिठाइ बाहेक हामीले दिनदिनै प्रयोग गर्ने कतिपय वस्तुमा पनि अदृश्य चिनी रहेको हुन्छ । अमेरिकामा मुटुरोग विशेषज्ञहरूको संस्थाले भनेको छ “महिलाहरूले एक दिनमा २५ ग्राम चिनी (झन्डै ६ चिया चम्चा र पुरुषले ३७ ग्राम अर्थात् ८-९ चिया चम्चा) भन्दा बढी चिनी प्रयोग गर्नु ठीक छैन ।”
विभिन्न किसिमका चिसो पेयपदार्थमा चिनीको धेरै मात्रा रहेको हुन्छ भनेर तपाई हामीलाई पत्याउन गाह्रो पर्छ । तर वास्तविकता अमेरिकामा मात्र होइन, हाम्रोजस्तो देशमा पनि बढी नै चिनी प्रयोग गरेका हुन्छौं । हामीले विशेषज्ञले निर्धारण गरेभन्दा ५-६ गुण बढी चिनी प्रत्यक्ष र अप्रत्यक्ष रूपले खाइसक्छौं । र तिनले पछि अनेक स्वास्थ्य समस्या निम्त्याउँछन् ।
फेसबुकबाट साभार
वि.सं.२०७५ असोज ४ बिहीवार २१:१६ मा प्रकाशित