back
CTIZAN AD

असुरक्षा भएको भन्दै दुई दर्जन भन्दा बढी प्रहरी अधिकारीद्वारा राजिनामा

वि.सं.२०७५ असोज ६ शनिवार

639 

shares

६ असोज, नयाँ दिल्ली । सिन्ह्वा भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीले असुरक्षाको कारण देखाई प्रहरी सेवाबाट राजिनामा दिएका छन् ।

सो क्षेत्रमा कार्यरत दुई दर्जनभन्दा बढी प्रहरी अधिकारीले आफ्नो पदबाट राजिनामा दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्

उनीहरुले पछिल्ला समयमा सशस्त्र हतियारधारी आतङ्ककारी समूहका तर्फबाट भारतीय प्रहरीमाथि आक्रमण बढेको भन्दै सेवा छोड्न इच्छुक रहेको बताएका हुन् ।

उक्त क्षेत्रमा पछिल्लो समयमा अज्ञात समूहले आक्रमणका घटना बढाएपछि पछिल्ला केही दिनयता प्रहरीमाथि भएका आक्रमणबाट तीनजना वरिष्ठ प्रहरी अधिकारी नै मरिसकेको छन् ।

सो हमलापछि पछिल्लो समयमा प्रहरी सेवामा असुरक्षाको त्रास बढ्नुका साथै प्रहरी अधिकारी नै प्रहरी सेवामा रहेर काम गर्न नसक्ने बताउन थालेका छन् ।

तर भारतको गृह मन्त्रालयले भने सो समाचारको खण्डन गरेको छ । उक्त मन्त्रालयले प्रहरी अधिकृतबाट त्यस्तो राजिनामा नआएको जनाएको छ ।

प्रहरीका अधिकारीले आफूहरुले असुरक्षाका कारण काश्मिरमा काम गर्न नसकेको भन्दै जागिरबाट मुक्ति चाहिएको भिडियोसमेत सार्वजनिक गरेका छन् ।

सो भिडियो क्लिप्स सामाजिक सञ्जालमा व्यापकता पाएपछि मन्त्रालयको तर्फबाट यो प्रतिक्रिया आएको जनाइएको छ ।

भारतको गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरी यस समाचारको खण्डन गरी ती प्रहरी अधिकारीले प्रहरी सेवामा रहेर काम गर्न इच्छुक नरहेको भनी दिएको भनिएको राजिनामालाई एउटा गलत समाचार भनेको छ ।

यो समाचार काश्मिरमा रहेर काम गरिरहेका सुरक्षा निकायका विरुद्धमा आएको एउटा ‘अतिरञ्जित’ भनी भारतीय सो मन्त्रालयले शनिबार जनाएको छ ।

सो मन्त्रालययले प्रहरीसम्बन्धी गलत समाचार आएको भनी खण्डन गरेपनि शनिबार प्रकाशित भएका भारतीय अखबारमा भने निकै प्राथमिकताका साथ आएको भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

वि.सं.२०७५ असोज ६ शनिवार १७:१८ मा प्रकाशित

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

बेइजिङ । चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण...

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

नयाँदिल्ली । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको...