back
CTIZAN AD

केसी र भुजेललाई थुनामुक्त गर्न आदेश

वि.सं.२०७५ असोज ७ आइतवार

657 

shares

७ असोज, काठमाडौँ। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टेकबहादुर केसी र उमा भुजेल थुनामुक्त गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतको मुख्य रजिष्टार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।

आदेशमा वस्तुनिष्ठ आधार र कारण बिना नै पक्राउ गरेको देखिएको र अनुसन्धानका क्रममा थुनामा राख्नुपर्ने औचित्यपूर्ण कारण नभएको उल्लेख छ ।

केसी र भूजेललाई गत बैसाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा पहिलो पटक भदौ १२ गते पक्राउ गरिएको थियो ।
सर्वोच्च अदालतको थुनामुक्त गर्ने आदेशअनुसार गत भदौ २२ गते थुनामुक्त भएलगतै पुनः पक्राउ परेका थिए ।

वि.सं.२०७५ असोज ७ आइतवार २०:५५ मा प्रकाशित

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...