back

यात्रुबाट मनोमानी भाडा असुलिँदै

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

534 

shares
GLOBAL IME AD
NTC AD

 ४ कात्तिक ,पाँचथर । दसैँ सकिएर घर तथा कार्यक्षेत्र फर्कने यात्रुबाट पाँचथरमा यातायात व्यवसायीले मनोमानी भाडा असुली गर्न थालेका छन् ।

जिल्लामा भाडादर निर्धारण भएपनि अहिलेसम्म तोकिएको भाडादर कार्यान्वयन नगरी मनोमानी भाडा असुली गर्ने गरेको यात्रु बताउँछन् । मेची राजमार्गको पाँचथर सदरमुकाम फिदिमदेखि झापाको विर्तामोडसम्मको भाडा जिपमा पाँचसय र बसमा चारसय ५० रुपैयाँ तोकिए पनि यातायात व्यवसायी र सवारी चालकले भने सात सय देखि एक हजार रुपैयाँसम्म भाडा लिँदै आएका छन् ।

यात्रुको चापअनुसारको सवारीसाधन नहुँदा यात्रु झुन्डिएर र कोचाकोच गरेर यात्रा गर्न बाध्य छन् । पाँचथर र इलामको सिमाना सप्तमीबाट राँके गएका सराङडाँडा–५ का सन्तबहादुर पाण्डेले दुईजनाको भाडा नौ सय रुपैयाँ तिर्नुप¥यो, जबकि दसैँअघि सम्म त्यस स्थानबाट राँके पुगेको एकजनाको तीन सय रुपैयाँ मात्रै लिने गरिएको थियो ।

उहाँले भन्नुभयो, “दसैँ मान्नका लागि स्वदेश आइएको थियो तर दसैँ सकिएर विदेश फर्किंदा म र मेरी श्रीमतीको नौ सय भाडा तिरियो ।”

सवारीसाधनले उनीहरुले भनेको भाडा नदिए नलैजाने गरेका कारण जति भन्यो उति भाडा तिर्न बाध्य हुनु परेको तेह्रथुम छातेढुङ्गाका विकास चापागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “अब गाडी पाइँदैन, उनीहरुले भनेको दाममा गएन भने त्यहीँ होटलमा बस्नुपर्ने हुन्छ, त्यहाँ बस्दा झन् उति खर्च हुन्छ, त्योभन्दा बरु एकदुईसय बढी नै भाडा तिरेर यात्रा गर्नु उचित होला, यसबारे सम्बन्धित निकायले कडाइका साथ अनुगमन हुनु भने आवश्यक छ ।”

मनोमानी ढङ्गबाट भाडा असुली रहँदा पनि सम्बन्धित निकाय भने मौन छन् । यस्तै, जिल्लाको ग्रामीण भेग झन् मनलाग्दो भाडा नदिए सवारीसाधनमा चढ्नै नदिने गरेको यात्रु बताउँछन् । यसैबीच, पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने यसबारे चाँडै अनुगमन गर्ने बताउनुभयो ।

भाडादर निर्धारण समितिको सुझावका आधारमा यातायात व्यवस्था समितिले चार प्रकारको भाडादर निर्धारण गरेको प्रजिअ थापाले जानकारी दिनुभयो ।

अब सवारीसाधनले प्रतिकिलोमिटर ६ रुपैयाँ, वर्षायाम बाहेकका नौ महिना मात्र सवारी सञ्चालन हुने माटे सडकमा प्रतिकिलोमिटर १२ रुपैयाँ, सदरमुकामबाट कालोपत्र सडकमा सवारी जिप सञ्चालन गर्दा प्रतिकिलोमिटर तीन रुपैँया तथा कालोपत्र सडकमा भ्यान सञ्चालन गर्दा प्रतिकिलोमिटर पाँच रुपैँया भाडा लिन पाउने व्यवस्था गरिएको छ । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०४:३९ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...