back
CTIZAN AD

यात्रुबाट मनोमानी भाडा असुलिँदै

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

885 

shares

 ४ कात्तिक ,पाँचथर । दसैँ सकिएर घर तथा कार्यक्षेत्र फर्कने यात्रुबाट पाँचथरमा यातायात व्यवसायीले मनोमानी भाडा असुली गर्न थालेका छन् ।

जिल्लामा भाडादर निर्धारण भएपनि अहिलेसम्म तोकिएको भाडादर कार्यान्वयन नगरी मनोमानी भाडा असुली गर्ने गरेको यात्रु बताउँछन् । मेची राजमार्गको पाँचथर सदरमुकाम फिदिमदेखि झापाको विर्तामोडसम्मको भाडा जिपमा पाँचसय र बसमा चारसय ५० रुपैयाँ तोकिए पनि यातायात व्यवसायी र सवारी चालकले भने सात सय देखि एक हजार रुपैयाँसम्म भाडा लिँदै आएका छन् ।

यात्रुको चापअनुसारको सवारीसाधन नहुँदा यात्रु झुन्डिएर र कोचाकोच गरेर यात्रा गर्न बाध्य छन् । पाँचथर र इलामको सिमाना सप्तमीबाट राँके गएका सराङडाँडा–५ का सन्तबहादुर पाण्डेले दुईजनाको भाडा नौ सय रुपैयाँ तिर्नुप¥यो, जबकि दसैँअघि सम्म त्यस स्थानबाट राँके पुगेको एकजनाको तीन सय रुपैयाँ मात्रै लिने गरिएको थियो ।

उहाँले भन्नुभयो, “दसैँ मान्नका लागि स्वदेश आइएको थियो तर दसैँ सकिएर विदेश फर्किंदा म र मेरी श्रीमतीको नौ सय भाडा तिरियो ।”

सवारीसाधनले उनीहरुले भनेको भाडा नदिए नलैजाने गरेका कारण जति भन्यो उति भाडा तिर्न बाध्य हुनु परेको तेह्रथुम छातेढुङ्गाका विकास चापागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “अब गाडी पाइँदैन, उनीहरुले भनेको दाममा गएन भने त्यहीँ होटलमा बस्नुपर्ने हुन्छ, त्यहाँ बस्दा झन् उति खर्च हुन्छ, त्योभन्दा बरु एकदुईसय बढी नै भाडा तिरेर यात्रा गर्नु उचित होला, यसबारे सम्बन्धित निकायले कडाइका साथ अनुगमन हुनु भने आवश्यक छ ।”

मनोमानी ढङ्गबाट भाडा असुली रहँदा पनि सम्बन्धित निकाय भने मौन छन् । यस्तै, जिल्लाको ग्रामीण भेग झन् मनलाग्दो भाडा नदिए सवारीसाधनमा चढ्नै नदिने गरेको यात्रु बताउँछन् । यसैबीच, पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने यसबारे चाँडै अनुगमन गर्ने बताउनुभयो ।

भाडादर निर्धारण समितिको सुझावका आधारमा यातायात व्यवस्था समितिले चार प्रकारको भाडादर निर्धारण गरेको प्रजिअ थापाले जानकारी दिनुभयो ।

अब सवारीसाधनले प्रतिकिलोमिटर ६ रुपैयाँ, वर्षायाम बाहेकका नौ महिना मात्र सवारी सञ्चालन हुने माटे सडकमा प्रतिकिलोमिटर १२ रुपैयाँ, सदरमुकामबाट कालोपत्र सडकमा सवारी जिप सञ्चालन गर्दा प्रतिकिलोमिटर तीन रुपैँया तथा कालोपत्र सडकमा भ्यान सञ्चालन गर्दा प्रतिकिलोमिटर पाँच रुपैँया भाडा लिन पाउने व्यवस्था गरिएको छ । रासस

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०४:३९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...