back
CTIZAN AD

‘बाघ संरक्षणमा विश्वले नेपालबाट पाठ सिक्नुपर्छ’

वि.सं.२०७५ असोज ९ मंगलवार

615 

shares

९ असोज, काठमाडौँ, । “विश्वले नेपालबाट पाठ सिक्नु पर्दछ । किनकी नेपालमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघको सङ्ख्या करीब दोब्बर भएको छ ।” यो भनाइ हो विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) का वरिष्ठ उपाध्यक्ष गिनेट्टा ह्याम्लीको ।

आर्थिक वर्ष २०६६÷६७ मा नेपालमा बाघको सङ्ख्या केवल १२१ मात्रै थियो । सरकारले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा बाघको सङ्ख्या बढेर २३५ पुगेको छ । सरकारले बाघको सङ्ख्या सार्वजनिक गरेपछि कोषको तर्फबाट उक्त प्रतिक्रिया आएको हो ।

कोषले नेपालले आश्चर्यजनक सफलता प्राप्त गरेको र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै खुशी व्यक्त गरेको छ । “विश्वका बाघ पाइने १३ देशमध्ये सानो हिमाली देश नेपालले रोमाञ्चक र अभूतपूर्व सफलता प्राप्त गरेको छ”, कोषले भनेको छ । कोषले कार्यक्रम टिएक्स टु कार्यक्रम सफल बनाउनेमा नेपाल अग्रस्थानमा रहेको जनाएको छ ।
यो एउटा सफलताको उदाहरण हो, वन्य नेपालले जुन प्रकारको श्रेष्ठता हासिल गरेको छ, त्यो आफैँमा अद्विप्तीय छ । बाघको बासस्थान तथा रुचिकर भू–बनोटका कारण पनि संरक्षणमा सफलता प्राप्त भएको कोषको भनाइ छ ।

वन तथा भू–संरक्षण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग कोषले सहकार्य गर्दै बाघ संरक्षणमा योगदान गरेको र बाघ गणनामा समेत सहभागी भएको जनाएको छ । विभागसँगको सहकार्यमा चार हजार ३८७ वटा बाघको तस्वीर खिचेको तथा एक हजार ७०० माइल वन जङ्गल क्षेत्रमा बाघ गणना गरिएको थियो ।

नेपालको तराई र भारतको सीमा क्षेत्रसँग जोडिएका स्थानमा गैँडा, हात्ती र ७० लाख बढी स्थानीयवासीसमेत रहेको पाइएको छ । बाघ संरक्षणमा सरकारले कानून कार्यान्वयन गर्ने निकायलाई सशक्त बनाएको, स्थानीय समुदाय र गैरसरकारी संस्थासँग समेत सहकार्य गरेका कारण पनि उल्लेख्य प्रगति हासिल गर्न सफल भएको कोषले उल्लेख गरेको छ ।

नेपाल, भूटान, भारत, रसियाले बाघको सङ्ख्या बढाउन महत्वपूर्ण योगदान गरेको भन्दै कोषले नेपालले प्राप्त गरेको सफलता भने अद्वितीय रहेको जनाएको छ । कोषले सरकार, वैज्ञानिक, वनपाले र स्थानीय समुदायसँग मिलेर एसियामा बाघको चोरी शिकारी नियन्त्रण र बासस्थान संरक्षणमा काम गर्दै आएको साथै मानव र बाघबीचको द्वन्द्वलाई उपयुक्तरुपमा सम्बोधन गर्न प्रयासरत रहेको उल्लेख गरेको छ ।

सरकारले बाघ संरक्षण उच्च प्राथमकितामा रहेको र पछिल्लो पटक बढेको सङ्ख्याले समेत उत्साहित बनाएको जनाएको छ । करीब १०० वर्ष पहिले संसारभर एक लाख बढी बाघ भए पनि चोरी शिकारी, बासस्थानको अतिक्रमण तथा फँडानीका कारण क्रमशः घट्दै गएको र सन् २०१६ मा आइपुग्दा तीन हजार २०० को हाराहारीमा आइपुगेको छ ।

कोषले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वमा बाघ पाइने १३ देशमध्ये भारतमा दुई हजार २२६, रसियामा ४३३ र इण्डोनेशियामा ३७१ बाघ पाइएको छ ।

वि.सं.२०७५ असोज ९ मंगलवार ०९:३० मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...