back
CTIZAN AD

विषाक्त मदिरा सेवनबाट मलेसियामा थप दुई नेपालीको मृत्यु, तीनको अवस्था गम्भीर

वि.सं.२०७५ असोज ९ मंगलवार

612 

shares

९ असोज, काठमाडौँ । मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले सोमबार जनाएको छ ।

दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या नौ पुगेको छ ।

यसअघि विषाक्त मदिरा सेवनबाट धादिङका मीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ्ग, सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको मृत्यु भएको दूतावासले जनाएको छ ।

विषाक्त मदिरा सेवनबाट १७ नेपाली गम्भीर बिरामी परेका थिए । उनीहरूमध्ये सात नेपाली विभिन्न अस्पतालमा उपचारपश्चात कम्पनीमा फर्किसकेका छन् । अन्य बिरामी १० जनामध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।

वि.सं.२०७५ असोज ९ मंगलवार ०९:३३ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...